बाइडेनद्वारा शरणार्थीको संख्या बढाउने घोषणा

२०७८ बैशाख २१ गते, मंगलवार


काठमाडौँ । अमेरिकाले वार्षिक रुपमा आफ्नो देशमा प्रवेश गर्ने शरणार्थीको संख्या बढाउने भएको छ । राष्ट्रपति जो बाइडेनले आगामी वर्षदेखि अमेरिका प्रवेश गर्ने शरणार्थीको संख्या बढाउने घोषणा गरेका छन । उनले आगामी वर्षदेखि अमेरिकामा एक लाख २५ हजार जना शरणार्थीले वार्षिक रुपमा प्रवेश पाउने घोषणा गरेका हुन् । गत वर्ष पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा प्रवेश गर्ने शरणार्थीको संख्या १५ हजारमा सीमित गर्ने घोषणा गरेसँगै उक्त निर्णयको सर्वत्र आलोचा भएको थियो । त्यसअघि आमेरिकामा वार्षिकरुपमा ६५ हजार शरणार्थीले प्रवेश पाउने गरेका थिए । राष्ट्रपति बाडइनले अघिल्लो सरकारको निर्णय अमेरिकाको मूल्य मान्यता विपरीत भएकाले नयाँ आदेश जारी गरेको बताएका छन । उनले आगामी आर्थिक वर्षका लागि एक लाख २५ हजार जना शरणार्थीलाई अमेरिका प्रवेशको अनुमति दिने आफ्नो योजना रहेको बताएका छन ।
राष्ट्रपति बाइडेनले आफ्नो चुनावी प्रतिवद्धताअनुरुप नै विदेश नीतिमा केही सुधार गर्न लागेको ह्वाइहाउसलाई उधृत गर्दै सीएनएनले जनाएको छ । गत जनवरीमा पदभार ग्रहण गरेलगत्तै राष्ट्रपति बाइडेनले आप्रवासी शरणार्थीहरुबारे नयाँ कार्यक्रम ल्याउने प्रतिवद्धता जनाउनुभएको थियो ।तर मेक्सिकोबाट दक्षिण अमेरिकाको सीमा पार गर्दै आउने आप्रवासीको संख्या अत्याधिक भएसँगै बाइडेनको सो घोषणा कार्यान्वयन हुन सकेको थिएन । – एजेन्सी

प्रतिक्रियाहरु