नेकपा मकवानपुरद्वारा संगठन विस्तारमा तिब्रता

२०७८ बैशाख २१ गते, मंगलवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले सञ्चालन गरेको अभियान “संगठन विस्तार तथा सुदृढीकरण सहितको सामना परिवारको साँस्कृतिक कार्यक्रम” मनहरी गाउँपालिका१ अन्तर्गतको गोगनपानी, मनहरी३ अन्तर्गतको डोठे, मनहरी४ अन्तर्गतको नयाँबस्ती र मासिने खोलामा पनि सम्पन्न भएको छ। गत १५ गते गोगनपानीमा भएको कार्यक्रममा मकवानपुर जिल्लाको जिल्ला इन्चार्ज राम घलान (वाटर) को प्रमुख आतिथ्यता र व्युरो सदस्य पेन्सन को विशेष आतिथ्यता रहेको थियो भने विवेक घलान, सरल, शुसिला सिन्तान, विक्रम मगर लगायतको आतिथ्यता रहेको थियो।

ललित घलानको सभाध्यक्षतामा भएको कार्यक्रमले राजु लोप्चनको नेतृत्वमा ११ सदस्यीय गोगनपानी टोल कार्यसमिति गठन गरेको छ। साथै युवा, महिला, किसान, तामाङ र दलित गरी ५ वटा जनवर्गीय संगठन पनि निर्माण गरेको छ। गत १६ गते डोठेमा भएको कार्यक्रममा मकवानपुर जिल्लाको जिल्ला इन्चार्ज राम घलान (वाटर) को प्रमुख आतिथ्यता र सामना परिवारको इन्चार्ज सरलको विशेष आतिथ्यता रहेको थियो भने विवेक घलान, सोनाम बल, ललित घलान, सुबास तामाङ, विक्रम घलान लगायतको आतिथ्यता रहेको थियो।

श्रीलाल बलको सभाध्यक्षतामा भएको कार्यक्रमले श्रीलाल बलको नेतृत्वमा ११ सदस्यीय डोठे टोल कार्यसमिति गठन गरेको छ। साथै युवा, महिला, किसान, तामाङ र मजदुर गरी ५ वटा जनवर्गीय संगठन पनि निर्माण गरेको छ। त्यस्तैगरी गत १७ गते शुक्रबार नयाँबस्तीमा सम्पन्न भएको कार्यक्रममा सामना परिवारको इन्चार्ज सरलको प्रमुख आतिथ्यता, हेटौंडा उपमहानगपालिकाका सेक्रेटरी विवेक घलानको विशेष आतिथ्यता र अर्जुन तितुङ्, ललित घलान, सुबास तामाङ, मीना थिङ लगायत अतिथिहरुको उपस्थिति रहेको थियो। मकवानपुर जिल्ला सदस्य, युवा संगठन नेपाल मकवानपुरका सदस्य एवम् मनहरी४ का सेक्रेटरी सोमराज थिङको सभाध्यक्षतामा भएको कार्यक्रमले सेक्रेटरीमा सोमराज थिङ र सहसेक्रेटरीमा मिलन प्रजा रहने गरी २१ सदस्यीय मनहरी ४ नम्बर वडा कार्यसमिति गठन गरेको छ। साथै महिला, युवा, मजदुर, तामाङ, चेपाङ र सुकुम्बासी गरी ६ वटा जनवर्गीय संगठन पनि निर्माण गरेको छ।

त्यस्तै १८ गते शनिबार मासिने खोलामा सरलको प्रमुख आतिथ्यता र विवेकको विशेष आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा अर्जुन तितुङ, अमर रुम्बा, सिंगराम तितुङ, फूलमान थिङ र सुरेन्द्र तितुङ लगायत अतिथिहरुको उपस्थिति रहेको थियो। ललितको सभाध्यक्षतामा शनिबार भएको कार्यक्रमले टीकाराम स्याङतनको सेक्रेटरी र गोविन्द तितुङको सहसेक्रेटरी हुने गरी २१ सदस्यीय मसिने खोला टोल समिति गठन गरेको छ भने महिला, तामाङ र युवा गरी ३ वटा जनवर्गीय संगठन पनि निर्माण गरेको छ।


यसरी १५ गतेदेखि १८ गतेसम्म भएको कार्यक्रमको सञ्चालन अखिल (क्रान्तिकारी) मकवानपुरका उपाध्यक्ष एवम् नेकपा मकवानपुरका जिल्ला सदस्य सुर्य बहादुर गोलेले गरेका थिए।

प्रतिक्रियाहरु