सुधिर पराजुली ‘नेसनल आइसिटी एक्सिलेन्स अवार्ड–२०२१’ बाट सम्मानित

२०७८ बैशाख २० गते, सोमबार


काठमाडौँ । नेपालमा नीजि क्षेत्रबाट अन्तर्राष्ट्रिय मापदण्डको पहिलो डेटा सेन्टर स्थापना गरि सफलतापुर्वक सञ्चालन गर्दै सूचना तथा सञ्चार प्रविधि सम्बन्धि नीति निर्माणमा जुट्दै आएका सुबिसु केबल नेटका अध्यक्ष एबम् आइस्पानका अध्यक्ष सुधिर पराजुलीलाई सरकारले यस वर्षको नेशनल आइसिटी एक्सिलेन्सी अवार्ड २०२१ प्रदान गरेको छ । नेपाल सरकारले ´चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस-२०७८` को अवसर पारेर आइतबार पराजुलीलाई एक लाख रूपैयाँसहित ‘नेसनल आइसिटी एक्सिलेन्स अवार्ड–२०२१’ बाट सम्मानित गरेको हो ।


नेपालमा इन्टरनेट सेवा विस्तार तथा आइसिटी क्षेत्रको प्रवद्र्धनमा अग्रणी भूमिका खेलेको भन्दै सरकारले पराजुलीलाई उक्त पुरस्कार प्रदान गरेको हो । सुविसु नेपालमा इन्टरनेटसँगै केवल टेलिभिजन प्रदान गर्ने पहिलो सेवा प्रदायक कम्पनि हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार