यार्सागुम्बा पाटन खुला गर्ने निर्णय

२०७८ बैशाख १९ गते, आईतवार


काठमाडौं । डोल्पाका यार्सागुम्बा पाटन यस वर्ष खुला गर्ने निर्णय गरिएको छ । सर्वपक्षीय बैठकले जिल्लाका विभिन्न क्षेत्रमा पर्ने यार्सागुम्बा पाटन खुला गर्ने निर्णय गरेको हो । कोराना महामारीका कारण अघिल्लो वर्ष बन्द भएका यार्सागुम्बा पाटन यस वर्ष भने आगामी जेठ १० गतेदेखि खुला गर्ने गरी निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढकालले बताए ।
जिल्लावासीको आम्दानीको मुख्य स्रोतका रुपमा रहेको बहुमूल्य जडिबुटी यार्सागुम्बा खोल्ने निर्णयसँगै अधिकांश नागरिकले खुशी व्यक्त गरेका छन् भने कतिपयले विरोध गरेका छन् ।
अघिल्लो वर्ष यार्सागुम्बा नखुल्दा जिल्लावासीको आर्थिक अवस्था धरासायी भएकाले यार्सापाटन खोल्ने निर्णय स्वागतयोग्य भएको स्थानीयको भनाइ छ । मध्यवर्ती क्षेत्रका नागरिक, मध्यवर्ती क्षेत्रबाहेक जिल्ला भित्रका नागरिक र जिल्ला बाहिरका नागरिकका लागि छुट्टाछुट्टै प्रवेश शुल्क निर्धारण गरिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु