‘पार्टी फुटको प्रचार भ्रामक’

२०७८ बैशाख १८ गते, शनिबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले पार्टी फुटको प्रचार भ्रामक भएको बताएको छ । सो पार्टीको केन्द्रीय कार्यालयले शनिबार प्रेस बक्तब्य जारी गर्दै सरकारले पार्टीमाथि प्रतिबन्ध लगाएको समयमा नै पार्टीबाट स्वतन्त्र भएको वक्तव्य दिएका कृष्ण धमलाद्वारा निर्माण गरिएको मञ्चलाई पार्टी–फुट भन्न र मान्न नसकिने जनाएको छ ।
नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय कार्यालयका तर्फबाट असलले जारी गरेको प्रेस बक्तब्यमा उक्त प्रचार दलाल पुँजीवादी र संसद्‌वादीहरूलाई फाइदा पुग्ने गरी गरिएको भ्रामक प्रचार मात्र रहेको प्रस्ट पारिएको छ ।
असलद्वारा जारी प्रेस बक्तब्यमा भनिएको छ – ‘प्रतिबन्धको समयमा नै पार्टीबाट स्वतन्त्र भएको वक्तव्य दिएका श्री कृष्ण धमलाद्वारा निर्माण गरिएको मञ्चलाई पार्टी फुटको संज्ञा दिइएको छ । उक्त कुरालाई पार्टी–फुट भन्न र मान्न सकिँदैन । यो दलाल पुँजीवादी र संसद्‌वादीहरूलाई फाइदा पुग्ने गरी गरिएको भ्रामक प्रचार मात्र हो ।’
प्रेस बक्तब्यमा अगाडि भनिएको छ – ‘समाजवाद र क्रान्तिका पक्षमा मञ्चबाट योगदान गर्ने जुन सोचाइ अगाडि सारिएको छ, त्यो कुरा आन्दोलनका लागि सकारात्मक नै हुनेछ । सानातिना मनमुटावहरू छोडेर महान् एकीकृत जनक्रान्तिको अभियानमा ध्रुवीकृत हुन हाम्रो पार्टी सबैमा अपिल गर्दछ ।’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु