धार्मिक कार्यक्रममा भागदौड : ३८ जनाको मृत्यु, सयौं घाइते

२०७८ बैशाख १७ गते, शुक्रबार


काठमाडौँ ।इजरायलमा हासिडिक यहुदी पर्वका बेला भएको भागदौडमा परेर कम्तीमा ३८ जनाको मृत्यु भएको छ । उत्तरपूर्वी इजरायलको माउन्ट मेरोनमा एक जना प्रसिद्ध रब्बीको समाधीस्थलमा भएको कार्यक्रममा शुक्रबार भागदौड मच्चिएको हो । उक्त धार्मिक कार्यमा एक लाख बढी मानिस सहभागी भएका थिए । नाचगान चलिरहेका बेला एक्कासी भागदौड मच्चिएको हो । उक्त भागदौडमा कम्तीमा ३८ जनाको मृत्यु र सयौं घाइते भएको स्थानीय सञ्चारमाध्यले जनाएका छन् । तर, अधिकारीहरूले मृत्यु हुनेको आधिकारिक संख्या जानकारी गराएका छैनन् ।
दोस्रो शताब्दीका रब्बी सिमोन बार एचाईको सम्झनामा हरेक वर्ष हजारौं अर्थोडक्स यहुदीहरू उक्त ठाउँमा भेला हुने गर्छन्। भेला भएकाहरूले रातभरि आगो बालेर नाचगान गर्ने चलन छ। -एजेन्सी

प्रतिक्रियाहरु