अन्तरिक्षमा स्टेशन बनाउन रकेट प्रक्षेपण !

२०७८ बैशाख १७ गते, शुक्रबार


काठमाडौँ । चीनले स्थायी अन्तरिक्ष स्टेसन निर्माण गर्नको लागि रकेट प्रक्षेपण गरेको छ । बिहीबार अन्तरिक्ष यात्रुहरूको बासस्थान रहने ‘तिन्हे’ अंश वेनचाङ् अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट ‘लङ मार्च–५बी’ रकेट प्रक्षेपण गरेके हो । चीनले सन् २०२२ सम्ममा अन्तरिक्षमा आफ्नै नयाँ स्टेसन सञ्चालनमा ल्याउने बताइसकेको छ ।
अहिले अन्तरिक्षमा एक मात्र स्टेसन छ । उक्त अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा चीनलाई सहभागी गराइएको छैन । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन सन् २०२४ मा बन्द हुने बताइएको छ । त्यसपछि अन्तरिक्षमा चीनको मात्र स्टेसन हुने सम्भावना छ ।
पृथ्वीबाट ३४० देखि ४५० किलोमिटरको दूरीमा रहने स्टेसनका लागि चीनले कम्तीमा अन्य १० वटा अंशहरू पठाउने जनाएको छ । यसअघि चीन र रुसले संयुक्त रूपमा चन्द्रमाको सतहमा अन्तरिक्ष स्टेसन बनाउने घोषणा गरेका थिए । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार