कोरोनाविरुद्धको खोप धनी देशको कब्जामा !

२०७८ बैशाख १७ गते, शुक्रबार


काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोनाविरुद्धको खोपमा धनी देशको वर्चस्व रहेको बताएको छ । डब्लुएचओका प्रमुख टेड्रोस अधानम ग्रेब्रेयससले धनी देशले नै खोपमा कब्जा जमाएको बताएका हुन् । विश्वभर विभिन्न कम्पनीद्वारा उत्पादित कोरोनाविरुद्धको खोप अझै पनि एक अर्बभन्दा बढी डोज रहेको बताउँदै उनले त्यसको अधिकांश हिस्सा धनी देशकै कब्जामा रहेको बताए । टेड्रोसका अनुसहार हाल विश्वमा धनी देशसँग मात्रै कुल खोपको ८२ प्रतिशत खोप रहेको छ । तर गरिब देशहरुको पहुँचमा ०.३ प्रतिशत मात्र खोप रहेको छ ।
एक कार्यक्रममा बोल्दै टेड्रोसले भने, ‘सच्चाइ यही हो कि महामारीको यो बेला कोरोनाविरुद्धको खोप सबैको पहुँचमा पुर्‍याउन सर्वाधिक ठूलो चुनौती छ । किनभने यो राजनीतिक, आर्थिक र सामाजिक स्थिरताको कडीका कारण धनीहरुको कब्जामा बढी छ ।’ उनले भने -कोरोना महामारी नियन्त्रण्का लागि खोप नै प्रभावकारी विकल्प हो, जुन धेरैभन्दा धेरै मानिसहरुको पहुँचमा पुर्याउनु जरुरी छ । – एजेन्सी

प्रतिक्रियाहरु