विकल्प

रमेश रावत 'विक्रान्त' २०७८ बैशाख १६ गते, बिहीबार
        

जसले माओवाद
पढ्न र बोक्न लगायो
उसैले मार्क्सवाद
छोडेर गएपछि
अब उ कहिल्यै फर्कदैन
क्रान्तिको कठिन बाटोमा
पुनः लड्दैन होला
युद्धका मोर्चाहरु
उसले पुजीवादको खोल
ओढेर गएपछि
मालेमावादका सिद्धान्तसंग
सम्बन्ध विच्छेद
गरेर गएपछि
अब कहिल्यै पनि
उसले पाइला टेक्दैन होला ।
सर्वहाराको बस्ती बस्तीमा
गाउँका डाडापाखाहरुमा
युद्धप्राप्ति सबथोक त्यागेरसंसदवादलाई रोजेपछि  
दरबारको सम्राट बन्न खोजेपछि  ।

आजभोलि
जिबन र जगतलाई
कसरी ब्याख्या गर्छ होला ?
उसको समाजशास्त्रमा
बर्ग संघर्षलाई
कसरी विश्लेषण गर्छ होला ?
उसको  दर्शनशास्त्रमा
दलाल पुजीवादलाई
कसरी मापन गरेको होला ?
उसको राजनीतिक अर्थशास्त्रमा
उसले गाउदै गरेको 
अध्यात्मबादी भजन सुन्दा
उसले उपभोग गरेको
व्यवस्थाभित्र उसैको
नाङ्गो चरित्र देख्दा
कम्युनिष्टको शब्दकोषबाट
नामेट भइसकेको रहेछ
अब अन्तिम पटक
उसको नामको भावपुर्ण
हार्दिक श्रद्धाञ्जली
व्यक्त गर्नु बाहेक
बाकि केहि देखिएन
क्रान्तिको मोर्चाबाट

प्रतिक्रियाहरु