कोरोनाविरुद्धको खोप अभियान स्थगित

२०७८ बैशाख १६ गते, बिहीबार


काठमाडौं । जिल्ला स्वास्थ्य कार्यलय काठमाडौले कोरोनाविरुद्धको खोप लगाउने अभियान तत्कालका लागि स्थगित गरिएकाे विज्ञप्तिमार्फत जनाएको छ । काठमाडौमा कोरोनाविरुद्धको खोप अभियान निरन्तर संचालन गर्ने भनिए पनि अब सो खोप लगाउने कार्य केही समयको लागि बन्द गरिएको विज्ञप्तिमा उल्लेख छ । कोरोना संक्रमण नियन्त्रण गर्न का लागि उपत्यकामा निषेधाज्ञा गरिएकाले खोप अभियान स्थगित गरिएको कार्यालयले बताएको छ।
दोस्रो चरणको खोप अभियानअन्तर्गत चैत २५ गतेदेखि चिनियाँ अनुदानको कोरोनाविरुद्धको भेरोसेल खोप लगाउन सुरु गरिएको थियो । यो खोप १८ वर्षदेखि ५९ वर्ष उमेरका नागरिकलाई दिइएको थियो । चीनले भेरोसेल खोप नेपाललाई आठ लाख डोज अनुदानमा दिएको थियो ।

प्रतिक्रियाहरु