पाटेबाघ मृत फेला

२०७८ बैशाख १२ गते, आईतवार


काठमाडौ । पर्साको ठोरीमा पाटेबाघ मृत भेटिएको छ। ठोरी गाउँपालिका-३ स्थित रामनगर नजिकैको सामुदायिक वनमा वयस्क पाटे बाघ शनिबार साँझ मृत फेला परेको हो । सामुदायिक वनभित्र गाईवस्तु चराउन गएका स्थानीयले मृत बाघ देखेपछि मध्यवर्ती उपभोक्ता समितिका पदाधिकारीलाई खबर गरेका थिए । मृत बाघलाई चितवन राष्ट्रिय निकुन्ज प्रशासनले कसरा लगेको घ । बाघको मृत्युको कारण खुलीनसके पनि बाघ बूढो भएर कालगतिले मरेको आशंका गरिएको छ ।

प्रतिक्रियाहरु