स्थानीय वायु सक्रिय : हावाहुरी र मेघ गर्जनसहित चट्याङकाे सम्भावना

२०७८ बैशाख ३ गते, शुक्रबार


काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भू–भागमा हावाहुरी र मेघ गर्जनसहित चट्याङको सम्भावना रहेको जनाएको छ । विभागका अनुसार प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा हवाहुरीको सम्भावना रहेको छ । दिउँसो १२ बजेपछि प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा हवाहुरीसहित चट्याङ र वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताईन । अन्य प्रदेशका पहाडी भू–भागमा पनि यो सम्भावना रहेको छ । १२ बजेसम्म भने मौसम सामान्य रहने छ ।
हावाहुरी र चट्याङको सम्भावना रहेकाले यसबाट बच्न सतर्क हुन उनले सुझाव दिईन । आज र भोलि स्थानीय वायु सक्रिय हुने भएकाले हावा–हुरी र मेघ गर्जनसहित चट्याङको सम्भावना रहेको हो । यसअघि गएराति पनि देशका विभिन्न भागमा असिनापानी र ठूलो हावाहुरी चलेको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

एप्पललाई १९.५ बिलियन जरिवाना !

२०८० फाल्गुन २२ गते, मंगलवार

प्रिमनसुन सुरु

२०८० फाल्गुन २० गते, आईतवार

अमेरिकी अन्तरिक्ष यान चन्द्रमामा अवतरण

२०८० फाल्गुन ११ गते, शुक्रबार