देशभर विद्युतीय सवारीसाधन चार्जिङ स्टेसन बनाउने सम्झौता

२०७८ बैशाख २ गते, बिहीबार

काठमाडौ । विद्युतीय सवारीसाधनको चार्जिङ स्टेसन निर्माण प्रक्रिया सुरु भएको छ । देशका विभिन्न स्थानमा ५० वटा चार्जिङ स्टेसन बनाउन नेपाल विद्यु्त प्राधिकरण र चनियाँ कम्पनी वानबाङ डिजिटल इनर्जी टेक्नोलोजी बीच मंगलबार सम्झौता भएको छ। एसियाली विकास बैकको सहयोगमा निर्माण गर्न लागिएको चार्जिङ स्टेसन ३७ करोड ७९ लाख ५५ हजार रुपैयाँमा (करबाहेक) ठेक्कामा एक वर्षभित्रमा सक्ने गरी सम्झौता गरिएको हो ।
चार्जिङ स्टेसनमा छिटो चार्ज गर्न मिल्ने ६०/६० किलोबाटका डिसी र २२ किलोवाटका एसी चार्जरहरु राखिने छन् । यसबाट ठूला बससहित तीन वटा सवारी साधनले एक साथ चार्ज गर्न सकिने जनाइएको छ ।
३ सयभन्दा बढी चार्जरलाई सेवा दिन सक्ने गरी प्राधिकरणको डाटा सेन्टरमा चार्जिङ स्टेसनको सफ्टवेयर राखिने छ । ५० वटै स्टेसनको कन्ट्रोल काठमाडौँबाट हुनेछ । सवारी साधनको चार्ज गरिसकेपछि ग्राहकले क्यूआर कोड र मोवाइल एपमार्फत बिलको भुक्तानी गर्न सक्नेछन् ।
प्राधिकरणको खाकाअनुसार प्रदेश नं १ मा पाँच वटा, प्रदेश नम्बर २ मा सात वटा, बागमती प्रदेशमा बीस वटा, गण्डकी प्रदेशमा छ वटा, प्रदेश नम्बर ५ मा आठ वटा, कर्णाली प्रदेशमा एक र प्रदेश नं ७ मा तीन वटा चार्जिङ स्टेसन रहने छन्।

प्रदेश नं १ स्थित झापा जिल्लाको दमक, भद्रपुर र कन्काईमा एकरएक वटा स्टेसन रहने छन्। मोरङ जिल्लास्थित विराटनगर र सुनसरीस्थित इटहरीमा एउटारएउटा स्टेसन बन्नेछ।

प्रदेश नम्बर २ स्थित पर्सा जिल्लाको वीरगञ्ज, बारा जिल्लास्थित सिमरा, रौतहट जिल्लास्थित चन्द्रानिगाहपुर, महोत्तरी जिल्लास्थित बर्दिवास, सप्तरी जिल्लास्थित राजविराजमा एउटारएउटा चार्जिङ स्टेसन रहने उल्लेख गरिएको छ। धनुषा जिल्लास्थित ढल्केबर र जनकपुरधाममा पनि एकरएक स्टेसन हुनेछन्।

बागमती प्रदेशस्थित काठमाडौं उपत्यकामा सात वटा चार्जिङ स्टेसन हुनेछन्।त्यस्तै धादिङको मलेखुमा दुइटा, सिन्धुली जिल्लास्थित विपी राजमार्गमा दुइटा राख्ने योजना छ।

मकवानपुरस्थित हेटौंडा, चितवनस्थित भरतपुरमा दुईरदुइटा, चितवनकै मुग्लिनरकुरिनटारमा चार वटा र काभ्रेस्थित बनेपामा एक चार्जिङ स्टेसन रहने छन्।
गण्डकी प्रदेशअन्तर्गत नवलपुर पूर्वी नवलपरासी, तनहुँ जिल्लास्थित दमौली, स्याङ्जा जिल्लामा एक-एक वटा र कास्की जिल्लास्थित पोखरामा तीन वटा चार्जिङ स्टेसन रहने प्राधिकरणले जनाएको छ।

प्रदेश नम्बर ५ स्थित बाँके जिल्लास्थित नेपालगन्जमा एउटा स्टेसन बनाइने छ। दाङमा दुइटा, रूपन्देही जिल्लास्थित बुटवलमा तीन र पश्चिम नवलपरासीमा एउटा स्टेसन हुनेछ।

कर्णाली प्रदेशको सुर्खेत जिल्लामा एउटा स्टेसन बनाइनेछ। प्रदेश नं ७ स्थित कन्चनपुर जिल्लाको महेन्द्रनगर, कैलालीस्थित धनगढी र डडेल्धुरा जिल्लामा एक-एक वटा चार्जिङ स्टेसन रहने छन्।

देशका मुख्य सहर र धेरै सवारी गुड्ने सडकमार्ग प्राथमिकतामा राखेर पहिलो चरणमा चार्जिङ स्टेसन बनाउन लागिएको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

एप्पललाई १९.५ बिलियन जरिवाना !

२०८० फाल्गुन २२ गते, मंगलवार

प्रिमनसुन सुरु

२०८० फाल्गुन २० गते, आईतवार

अमेरिकी अन्तरिक्ष यान चन्द्रमामा अवतरण

२०८० फाल्गुन ११ गते, शुक्रबार