भारतमा एकैदिन करिब २ लाख मानिसमा कोरोना संक्रमण !

२०७८ बैशाख २ गते, बिहीबार


काठमाडौँ । भारतमा एकैदिन करिब २ लाख मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको छ । हिजो भारतभर १ लाख ९९ हजार ६ सय २० जनामा कोरोना संक्रमण पुष्टी भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा एक लाख संक्रमित पुगेको १० दिनमै दैनिक संक्रमितको संख्या दोब्बर भएको जनाइएको छ । संक्रमण बढेसँगै भारतमा संक्रमितहरूले ज्यान गुमाउनेको संख्या पनि बढेको छ । १० दिनअघि कोरोनाबाट मृत्यु हुनेको संख्या दैनिक रूपमा ५ सयभन्दा कम रहेको भारतमा हिजो एकैदिन १ हजार ३८ जना संक्रमितको मृत्यु भएको छ । दैनिक मृत्युको यो संख्या गत अक्टोबर २ पछि सबैभन्दा धेरै हो । यसैबीच भारतको उत्तराखण्डको हरिद्वारमा कुम्भ मेलामा सहभागीमध्ये अहिलेसम्म १२ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उत्तराखण्ड र उत्तर प्रदेशका मुख्यमन्त्रीहरूमा पनि अहिले कोरोना संक्रमण भएको छ । – एजेन्सी

प्रतिक्रियाहरु