काँकडभिट्टा र भद्रपुर नाका सिल

२०७८ बैशाख २ गते, बिहीबार

काठमाडौँ । भारतको पश्चिम बंगाल राज्यमा हुने निर्वाचनका लागि नेपालसँग सीमा जोडिएका पूर्वी नाका सिल गरिएको छ । आज बिहानदेखि ७२ घण्टाका लागि नाका सिल गरिएको हो । पश्चिम बंगालमा वैशाख ४ गते राज्य सभाको निर्वाचन हुँदै छ । उक्त निर्वाचनलाई लक्षित गर्दै काँकडभिट्टा र भद्रपुर नाका सिल गरिएको हो । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले आज बिहानदेखि वैशाख ४ गते बेलुका ६ बजेसम्मका लागि सीमा नाका सिल गरिएको जानकारी दिए । सो समयमा यातायात तथा मानिसलाई आवतजावत गर्न पूर्ण रोक लगाइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चैते छठ पर्व मनाइँदै

२०८१ बैशाख २ गते, आईतवार