बाइडेनद्वारा अफागानिस्तानमा रहेका सेना फिर्ता बोलाउने घोषणा

२०७८ बैशाख २ गते, बिहीबार

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले सबैभन्दा लामो युद्ध अन्त्य गर्न मे १ देखि अफागानिस्तानमा रहेका आफ्ना सेना फिर्ता बोलाउने घोषणा गरेका छन । सन् २००१ मा अमेरिकास्थित विश्व व्यापार संगठनको भवनमा भएको हमलाको २०औं वार्षिकीसँगै आतंकवादविरुद्ध लड्न अफगानिस्तान पठाएका आफ्ना सेना फिर्ता बोलाउन थाल्ने राष्ट्रपति बाइडेनले बताएका हुन् । अलकायदा समुहले हमला गरेसँगै अमेरिकाले विश्वभर आतंकवादविरुद्ध लड्ने भन्दै अफगानिस्तानमा आफ्ना सेना पठाएको थियो । अफगानिस्तानमा हाल २५ सय अमेरिकी सेना र करिब ९ हजार ६ सय उत्तर एटालान्टिक सन्धि संगठन (नाटो) सम्बद्ध सैनिक रहेको बताइएको छ ।
यसअघि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि अफगानिस्तानमा शान्ति वार्ता गरेर आफ्ना सेना फिर्ता बोलाउने प्रयास थालेपनि आन्दोलनरत र सरकारी पक्षको अविस्वासका कारण अफगानिस्तानको शान्ति वार्ता अघि बढ्न सकेको थिएन । सो समय सरकारले बन्दी बनाएका तालिवानी लडाकू र विद्रोहीले नियन्त्रणमा लिएका सेना तथा सर्वसाधारणलाई बिनासर्त फिर्ता गरेर वार्ताको वातावरण बनाउने भनिएपनि पूरा हुन सकेका थिएन । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु