दलित मुक्ति मोर्चा बर्दियाको अध्यक्षमा बालचन्द्र बि.सी.

२०७८ बैशाख १ गते, बुधबार


काठमाडौँ । दलित मुक्ति मोर्चा नेपाल बर्दियाको दोस्रो जिल्ला भेलाले बालचन्द्र बि.सी. अध्यक्ष रहेको ९ सदस्यीय जिल्ला समिति चयन गरेको छ । समितिका सदस्यहरूमा प्रेम सुनार, अमर सिंह टमट्टा, विरजित गन्धर्व, राम बहादुर बैगार, चित्र बहादुर बैगार, नर बहादुर सुनार, झपेन्द्र गन्धर्व लगायत रहेका छन् ।
सो भेला नेपाल कम्युनिष्ट पार्टी बर्दिया इन्चार्ज विकासको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । मंगलबार सम्पन्न भेलालाई सम्बोधन गर्दै इन्चार्ज विकासले जातीय विभेद उन्मूलन र समानताका लागि वैज्ञानिक समाजवाद आवश्यक भएको बताए । जातीय छुवाछुत र विभेदले एक्काइसाँै शताब्दीमा मानव सभ्यतालाई गिज्याइरहेको भन्दै कम्युनिष्ट पार्टीका कार्यकर्ताले यसको अन्त्यको नेतृत्व लिनुपर्ने बताए । नेपालमा जातीय, क्षेत्रीय, लिङ्गिय लगायतका सम्पूर्ण असमानताको अन्त्य गर्न आफ्नो पार्टीले एकीकृत जनक्रान्तिको कार्यदिशा अवलम्बन गरेको उनको भनाई थियो । भेलाले बर्दिया जिल्लाका समग्र दलित आन्दोलनको नेतृत्व गर्न सक्ने कार्यसमिति चयन गर्न सफल होस् भन्दै भेला सफलताको शुभकामना व्यक्त गरे ।
भेलामा कैलाश गन्धर्व, नगर इन्चार्ज राजेन्द्र, युवा संगठन नेपालका बर्दिया संयोजक नविन, सहिद परिवारबाट राजु, गन्धर्व समाजका अध्यक्ष दिलिप गन्धर्व लगायतका अतिथिहरूले भेला सफलताको शुभकामना व्यक्त गरेका थिए । दलित मुक्ति मोर्चा नेपाल बर्दिया जिल्ला संयोजक बालचन्द्र बि.सी.को अध्यक्षतामा सम्पन्न भेलालाई प्रेम सुनारले सञ्चालन गरेका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चैते छठ पर्व मनाइँदै

२०८१ बैशाख २ गते, आईतवार