महाराष्ट्रमा १५ दिन कर्फ्यु !

२०७८ बैशाख १ गते, बुधबार


काठमाडौं । भारतमा कोरोनाको महामारी दर बढ्दै गएपछि हटस्पट बनेको भारतको महाराष्ट्रमा आजदेखि कोरोना कर्फ्यु लागु गरिने भएको छ । मराराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले आजबाट लागु हुनेगरी १५ दिनका लागि कोरोना कफर््यु लागु गरिेने जानकारी दिए । महाराष्ट्रमा दैनिक १५ हजार भन्दा बढी कोराना संक्रमित थपिएपछि कर्फ्यु जारी गर्न बाध्य भएको मुख्यमन्त्री ठाकरेको भनाइ छ ।
कोरोना कर्फ्यु अन्तर्गत राति ८ बजेदेखि बिहान ६ बजेसम्म सम्पूर्ण व्यापार व्यवसाय र भीडभाडयुक्त क्षेत्र बन्द रहने छ । साथै महाराष्ट्रका सम्पूर्ण शैक्षिक संस्थाहरु १५ दिनका लागि बन्द रहनेछन् । भारतमा कोरोनाभाइरस संक्रमणको आँकडा तीब्र रुपमा बढिरहेको छ ।
भारतमा पछिल्लो २४ घण्टामा पहिलो पटक १ लाख ८५ हजार १ सय बढी नयाँ संक्रमित भेटिएका छन् । यसअघि ११ अप्रिलमा सर्वाधिक १.६९ लाख नयाँ बिरामी भेटिएका थिए । १२ अप्रिलमा पनि पोजेटिभ बिरामीको आँकडा १.लाख ६० लाख पार भएको थियो । – एजेन्सी

प्रतिक्रियाहरु