रमजान सुरु

२०७८ बैशाख १ गते, बुधबार


काठमाडौं । इस्लामिक धर्मावलम्बीको महान् पर्व रमजान बुधबारदेखि सुरु हुने भएको छ । यो पर्वमा एक महिना मुस्लिम समुदाय सूर्योदयदेखि सूर्यास्त नभएसम्म पानीसमेत खाँदैनन् । उर्दू पात्रोअनुसार बिहान ४ः१५ देखि साँझ ६ः२० बजेसम्म निराहार बस्नुलाई रोजा भनिन्छ । नयाँ वर्षसँगै रोजा सुरु हुनु सम्भवतः यो पहिलो भएको समुदायका धर्म गुरुहरु बताउँछन् । रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै परिर्वतन भइरहन्छ । रोजा बस्न बिहान तोकिएको समयअगावै र बेलुका तोकिएको समयपछि आहार लिने गर्दछन् ।
रमजान उर्दू क्यालेनडर अनुसार हिजरी सम्बत् १४४२ हो भने रमजान महिना नवौँ महिना हो । रमजान महिनामै मुसलमानको सबैभन्दा ठुलो ग्रन्थ कुरान अवतरण भएको मानिन्छ । यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास गरिन्छ । गरिबको सेवा गर्नु, दान दिनु, जकात निकाल्नु यो महिनाको ठुलो विशेषता हो । रमजान व्रत बस्न अघिल्लो साँझ चन्द्रामा हेर्न आकाशतिर दृष्यावलोकन गर्ने र चन्द्रमा हेरी रमाउने चलन छ ।
व्रतका बेला मस्जिदमा गई कुरानको केही भागका रुपमा नमाज पढ्ने गरिन्छ । एक महिनापछि व्रत समापनका अवसरमा पनि दूरी कायम गरेर इदुल फित्र मनाउने तयारी छ। त्याग, तपस्या र बलिदान सबै जोडिे यो पर्वमा मुसलमान रोजा बस्नुलाई गर्व मान्दछन् । देशभरका मुस्लिम समुदायले भक्तिको महिनाका रुपमा मनाउने भएकाले यसबाट पाप नाश हुने धार्मिक विश्वास छ । वर्षमा कुनै त्रुटि भएको भए यसै अवसरमा अल्लाहसँग क्षमायाचना गर्ने परम्परा छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चैते छठ पर्व मनाइँदै

२०८१ बैशाख २ गते, आईतवार