अखिल (क्रान्तिकारी) रोल्पाको अध्यक्षमा हरिबहादुर ओली

२०७७ चैत्र ३१ गते, मंगलवार


काठमाडौँ । अखिल (क्रान्तिकारी) रोल्पाको २३ औँ जिल्ला सम्मेलनले हरिबहादुर ओलीको अध्यक्षतामा १७ सदस्यीय नयाँ जिल्ला समिति चयन गरेको छ । जसको उपाध्यक्षमा सिजकुमार घर्ती, सचिवमा खिम समिर पुन, सहसचिवमा कमल विक, कोषाध्यक्षमा जीवन रोका मगर, सदस्यहरूमा झकास विक, ताजाराम वली, मनिषा बुढाथोकी, देवराज ओली, दोलख वली, सुवास घर्ती, उमेशचन घर्ती, जीवन डाँगी र एटम पुन रहेका छन् ।
जिल्ला सम्मेलन आयोजक समितिका संयोजक हरिबहादुर वलीले अध्यक्षता गरेको कार्यक्रममा प्रमुख अतिथि अखिल (क्रान्तिकारी) का केन्द्रीय कोषाध्यक्ष नरेन्द्र वि.क. थिए भने विशिष्ट अतिथि नेकपा रोल्पाका पूर्व इन्चार्ज प्रयास, रोल्पा जिल्ला इन्चार्ज मानव थिए ।
यस्तै अतिथिहरूमा जिल्ला सेक्रेटरी शोभाराम राणा, राप्ती व्युरो संयोजक दिपक विष्ट, सामना परिवारका केन्द्रीय सह-संयोजक आरोही, रोल्पा नगर कमिटी इन्चार्ज खिमराज र नगर सेक्रेटरी सिजन रहेका थिए । सम्मेलनमा कोषाध्यक्ष गोविन्द पुन भावुकले मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन निवर्तमान उपाध्यक्ष प्रदिपले थिए ।

प्रतिक्रियाहरु