ट्रेड युनियन महासङ्घ दोलखाको संयोजकमा जयबहादुर थामी

२०७७ चैत्र ३१ गते, मंगलवार


काठमाडौँ । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ दोलखाको दोस्रो जिल्ला भेलाले जयबहादुर थामीको संयोजकत्वमा २३ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ । नेकपाका दोलखा जिल्ला इन्चार्ज यादव दाहालको प्रमुख आतिथ्यतामा सो भेला सम्पन्न भएको हो। जिल्लाको कालिञ्चोक गाउँपालिका वडा कार्यालयको हलमा भएको भेलामा महासङ्घका व्युरो संयोजक जित थामी उपस्थित थिए । नेकपाका दोलखा जिल्ला सदस्य राजकुमार लामिछानेको सञ्चालनमा भएको भेलामा पदम थामीले स्वागत मन्तव्य राखेका थिए ।

प्रतिक्रियाहरु