अखिल (क्रान्तिकारी) मकवानपुरको दोश्रो पूर्ण बैठक सम्पन्न

२०७७ चैत्र ३० गते, सोमबार


काठमाडौँ । नेकपा निकट अखिल (क्रान्तिकारी) मकवानपुरको २३ औं जिल्ला सम्मेलन पश्चात दोश्रो पूर्ण बैठक हेटौडा स्थित मकवानपुर बहुमुखी क्याम्पसमा बसेको छ। बैठक नयाँ कार्ययोजना सहित संगठन सुदृढीकरण र विस्तार गर्दै दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनको तयारीमा जुट्न जिल्ला इन्चार्ज राम घलान (वाटर) को प्रमुख आतिथ्यतामा बसेको हो।
बैठकका प्रमुख अतिथि वाटरले अखिल (क्रान्तिकारी) मकवानपुरको २३ औं जिल्ला सम्मेलन सम्पन्न गर्न सफल भएकोमा विद्यार्थी संगठन र नव निर्वाचित कार्य समितिलाई धन्यवादका साथै बधाई तथा शुभकामना दिएका छन्। त्यस्तै उनले संगठनको कार्यदिशा तथा योजनालाई सम्पूर्ण विद्यार्थी हुँदै आम नेपाली जनतासम्म पुर्याउनका लागि नगर र ग्रामीण भेगका सम्पूर्ण स्कुल , कलेजहरूमा पुगि विद्यार्थीहरुलाई संगठित गर्दै संगठनलाई सुदृढ तथा मजबुद बनाउन अनुरोध गरेका छन्। साथै उनले वैशाख १५ देखि १७ गतेसम्म हुँदै गरेको दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनको तयारीमा जुट्न र प्रत्येक जिल्ला समिति सदस्यहरु राजनीतिक तथा वैचारिक रुपमा स्पष्ट हुँदै वैज्ञानिक समाजवाद सम्म पुग्ने एकीकृत जनक्रान्तिको मार्गमा सशक्त रुपमा लामवद्ध हुन पनि आह्वान गरेका छन्।

विवेक घलानकाे अध्यक्षतामा बसेको बैठक कार्य विभाजन, मास परिचालन, टीम व्यवस्थापनका साथै अन्य महत्वपूर्ण निर्णयका साथ समापन भएको छ।

प्रतिक्रियाहरु