क्रान्तिको दुई मोडेल – सशस्त्र जनविद्रोह र जनयुद्ध

२०७७ चैत्र ३० गते, सोमबार

हस्तबहादुर के.सी.

आजसम्म विश्वमा क्रान्तिका दुई मोडेल रहेका छन् । पहिलो– रुसी क्रान्तिको मोडेल आमजनविद्रोहको मोडेल र दोस्रो चिनियाँ क्रान्तिको नयाँ जनवादी क्रान्तिको मोडेल अर्थात् दीर्घकालीन जनयुद्धको मोडेल । पहिलो रुसी क्रान्तिको मोडेल आमसशस्त्र जनविद्रोहमार्पmत् केन्द्रीय सत्ता कब्जा गरेर सहर हुँदै गाउँतिर क्रान्तिलाई लैजाने मोडेल । यस किसिमको क्रान्तिको लागि पुँजीवादको विकास भइसकेको हुनुपर्दछ । कम्युनिस्ट पार्टीको नेतृत्वमा सञ्चालन गरिने यस खालको क्रान्तिमा मजदुर वर्ग क्रान्तिको मुख्य शक्ति हुन्छ र किसान सहायक शक्ति हुन्छ ।

दोस्रो चिनियाँ क्रान्तिको मोडेल, यस प्रकारको क्रान्तिको मोडेल भनेको दीर्घकालीन जनयुद्धको मोडेल हो । अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा रहेको मुलुकमा सर्वहारा वर्गको राजनीतिक अग्रदस्ता कम्युनिस्ट पार्टीको नेतृत्वमा सञ्चालन गरिने यस प्रकारको क्रान्तिमा ग्रामीण क्षेत्रमा आधार इलाकाको निर्माण, जनमुक्ति सेनाको निर्माण, गुरिल्ला वार (छापामार युद्ध) को कार्यनीति गाउँदेखि सहर कब्जा गर्ने क्रान्तिको केन्द्रीय कार्यनीति रहेको हुन्छ । महान् दस वर्षे जनयुद्ध यसै कार्यदिशा र कार्यनीतिअन्तर्गत सञ्चालित थियो । क्रान्तिका निम्ति निश्चित वैज्ञानिक नियम र पद्धतिहरू रहेका छन् ।

साहित्य, कला र संस्कृति

(क) साहित्य ः साहित्य रागात्मक शैली र कलात्मक भाषाका व्यक्त गरिने जीवन र जगत्को प्रतिबिम्ब हो । माक्र्सवादी धारणाअनुसार साहित्य वर्ग सापेक्षा हुन्छ । यस विषयमा माओ भन्नुहुन्छ– ‘आजको दुनियाँमा सम्पूर्ण संस्कृति र कलासाहित्य निश्चित वर्गहरूका नै हुन्छन् । तिनलाई निश्चित राजनीतिक कार्यदिशा अनुरूप ढाल्ने गरिन्छ । वास्तवमा ‘कलाका लागि कला’ को सिद्धान्त मान्ने कला वर्गभन्दा माथि रहने कला र राजनीतिबाट अलग रहने अथवा स्वतन्त्र रहने कला नामको कुनै चीज हुँदैन । सर्वहारावर्गको साहित्य, कला सम्पूर्ण क्रान्तिकारी कार्यको एक अंग हो ।’ लेनिनले यसलाई सम्पूर्ण क्रान्तिकारी मेसिनका दाँती र पेजकै समान छ ।’ भन्नुभएको छ । साहित्यले आप्mनो समय सापेक्ष जीवन, जगत् र समाजको प्रतिबिम्ब कलात्मक ढंगले उपस्थित गर्दछ । त्यसैले साहित्य युग अनुसारको हुन्छ र यस्ता साहित्यहरूले समाजको परिवर्तनको पक्षमा मार्गदर्शन गरेका त्यसलाई प्रगतिवादी साहित्य भनिन्छ भने परम्परामा रमाउने साहित्यलाई प्रतिगमनकारी र प्रतिक्रियावादी साहित्यको रूपमा लिइन्छ । अतः साहित्य दुई प्रकारका छन् । प्रगतिवादी साहित्य र प्रतिगामी एवं पश्चगामी (प्रतिक्रियावादी) साहित्य ।

(ख) कला ः कुनै पनि काम राम्रोसित गर्ने सीप, कौशल आदि व्यवारोपयोगी कलालाई कला भनिन्छ । कला जीवनको प्रयोग हो । सिद्धान्तलाई व्यवहारमा परिणत गर्नुलाई नै कला भनिन्छ । त्यसैले जीवनमा लागू गरिनुलाई कला भनिन्छ । कला भनेको आप्mनो परिस्थिति, वातावरणको अनुभूत गर्नु हो र अनुभूत गरेका कुरालाई प्रदर्शन गर्न सक्नु उसको सौन्दर्यताको संवेदनशीलताको मूर्त रूप हो । मानवीय आचरण र सामाजिक क्रियाकलापको परिष्कृत एवं विशिष्ट वा सुन्दर संरचनामा प्रस्तुति गरिनु पनि कला हो । परिमार्जित श्रमशक्ति र कौशललाई पनि कलाको रूपमा हेरिन्छ । जगत्को सौन्दर्यबोधको मुख्य साधन पनि कला नै हो । जो नाना बिम्बहरू, प्रतीक, वचन, अलंकरण सौन्दर्य आदिबाट अभिव्यक्त हुन्छ । गैरमाक्र्सवादी विचारकहरू कलालाई वैयक्तिक प्रतिभा, ईश्वरीय देन र कलाकारको अवचेतन कल्पना र अनुभूतिको देन मान्दछन् । आदिम कलाको चिन्ह करिब ४० हजार वर्ष पहिलेदेखि ३० हजार वर्षसम्मको उत्तरवर्ती पाषाण युगबाट प्रस्ट भएको मानिन्छ । जति जति मानव समाजको हुँदै गयो । पछि यसले विभिन्न स्वरूप संकायमा विकास पनि गर्दै ग¥यो ।

ग) संस्कृति ः संस्कृति मानिसको आन्तरिक, मानसिक, वैचारिक तथा परम्परागत धारणा हो, सभ्यता बाहिरी पक्ष हो भने संस्कृति आन्तरिक पक्षका रूपमा रहन्छ । संस्कृति सामाजिक आचरणको परिष्कृत रूप हो । कुनै राष्ट्र वा जातिको सामाजिक जीवन, राजनीतिक र अर्थव्यवस्था आदिमा प्रतिबिम्बित हुने र तिनका कला कौशल, बौद्धिक विकास आदिमा प्रकट हुने सम्पूर्ण क्रियाकलापको परिष्कृत रूप, धेरै समयदेखि देश, कालसापेक्ष भई आन्तरिक, वैचारिक तथा परम्परागत धारणाका रूपमा विकसित हुँदै आएको र आचार–विचार, रहनसहन आदिका माध्यमले कुनै राष्ट्र, समाज, जाति आदिको स्वरूप खुट्टिने यावत् मान्यता, भावना, चिन्तन, मनन्, भौतिक अभिव्यक्तिहरूसमेतको समूह वा साधन, कला, साहित्य, इतिहास, भाष, धर्म, दर्शन आदि विभिन्न विषय वा मूल्य परम्पराको समष्टि संस्कृति हो । संस्कृति ऐतिहासिक परिघटना हो । यसको विकास सामाजिक र आर्थिक संरचनाका क्रममा निर्भर गर्दछ । प्रत्ययवादी सिद्धान्तले आत्मिक संस्कृतिलाई भौतिक आधारबाट अलग गर्दछ र यसलाई सम्भ्रान्त वर्गको निर्माणको रूपमा लिन्छ । तर माक्र्सवादले भौतिक सम्पदाको उत्पादनको प्रक्रियालाई आत्मिक संस्कृतिको विकासको आधार र स्रोत मान्दछ । साहित्य, कला, रीतिथिति आदि संस्कृतिकै प्रकट रूप हुन् । संस्कृति देश, काल, वर्गसापेक्ष हुन्छ । जस्तै– प्राचीन संस्कृति, भारतीय संस्कृति, सामन्ती संस्कृति, पुँजीवादी संस्कृति, जनवादी एवं सर्वहारा संस्कृति आदि ।

माक्र्सवादी–लेनिनवादी–माओवादी सौन्दर्य दर्शन

माक्र्सवादी–लेनिनवादी–माओवादी सौन्दर्य दर्शनलाई अलग अलग गरी बुभ्mन र अध्ययन गर्न जरुरी छ ।

क) माक्र्सवादी सौन्दर्य दर्शन ः माक्र्सवादले लेनिनवाद र माओवादमा जुन उचाइ र नयाँ चरणमा विकास गरेर समृद्धशाली बन्यो, त्यसैगरी माओवादी सौन्दर्य दर्शनले पनि लेनिनवादी सौन्दर्य दर्शन र माओवादी सौन्दर्य दर्शनका रूपमा नयाँ चरण र उचाइमा विकास गरेको छ । माक्र्स र एंगेल्प्सले सौन्दर्य चिन्तनलाई उच्चस्थानमा पु¥याउन काम गर्नुभयो । उहाँहरूले द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी विश्वदृष्टिकोणका आधारमा सौन्दर्य चिन्तनको व्याख्या गर्नुभयो र के बताउनु भयो भने उत्पादक शक्ति र उत्पादन सम्बन्ध, अधार र उपरिसंरचनाबीच संघर्ष चल्दै जान्छ र यसको परिणाम क्रान्ति हो । राजनीति धर्म, दर्शन, कानुन, सौन्दर्य, कला, संस्कृति लगायत विचारधाराको विविध रूप उपरिसंरचनाका अंग हुन् । तथापि यी सबैको विकास आर्थिक विकासमा आधारित हुन्छ र यिनले एक अर्कोलाई प्रभावित पार्दछ । मान्छे स्वयं आप्mनो इतिहास, भाव–विचारका निर्माताका हुन् र वर्गसंघर्षसँगै साहित्य र कला पनि विकसित हुँदै जान्छ भन्ने व्याख्या माक्र्स–एंगेल्सले गर्नुभयो ।

माक्र्स–एंगेल्सले साहित्य र कलाको इतिहासको भौतिकवादी व्याख्या गर्नु हुँदै कलाको विकासमा श्रमको महत्वपूर्ण भूमिका रहेको छ र श्रमविभाजनको कारण श्रम र प्रतिभाबीच विभेद पैदा हुन्छ र पुँजीपति वर्गले सामन्ती काव्यात्मक सम्बन्धको अन्त्य गरेर क्रान्तिकारी भूमिका खेल्यो र यसैबीच पुँजीवादी कलाको ह्रास र समाजवादी कलाको विकास हुँदै जाने क्रममा जब मानिस साम्यवादमा पुग्दछ त्यो बेला श्रमविज्ञानको अन्त्यसँगै पराधिनता व्यावसायिक संकुचितता र विशिष्टतामा आधारित प्रतिभाको पनि अन्त्य हुनेछ भन्ने व्याख्या माक्र्स–एंगेल्सले गर्नुभएको छ । साथै कला साहित्यका मूल्य मान्यताको निर्धारण गर्ने क्रममा माक्र्स–एंगेल्सले कला प्रवृत्तिमूलक हुने कुरा बताउँदै उद्देश्यकर्ताको सिद्धान्तलाई प्रतिपादन गर्नुभयो । कला प्रतिबिम्बनको सिद्धान्तलाई नयाँ उचाइ प्रदान गर्नुहुँदै कला मूल्यको निर्धारण आर्थिक विकास र वर्ग संघर्षको सापेक्षता अनुरूप हुने कुरा बताउँदै उहाँहरूले समीक्षा सिद्धान्तको माक्र्सवादी जग हाल्ने काम गर्नुभयो । सौन्दर्यबोधको माक्र्सवादी सिद्धान्तको प्रतिपादन गर्नुभयो । माक्र्स–एंगेल्सले सौन्दर्यको स्रोत वस्तुलार्य मान्दै सौन्दर्यको नियमअनुरूप वस्तुको सृष्टि हुने कुरा समेत बताउनुभयो । अतः सौन्दर्यचिन्तनलाई आदर्शवादको स्वर्गबाट भौतिकवादको धर्तीमा खडा गर्दै माक्र्स–एंगेल्प्सले त्यसलाई अधिभूतवादको पञ्जाबाट मुक्त गरेर यसै प्रक्रियाअन्तर्गत विश्वदृष्टिकोणको एक अंगको रूपमा माक्र्सवादी सौन्दर्यदर्शनको जन्म भयो ।

ख) लेनिनवादी सौन्दर्यदर्शन ः लेनिनले माक्र्सवादको थप विकास गर्दै साम्राज्यवाद एवं सर्वहारा क्रान्तिको युगको वर्गसंघर्षका संगीत समस्याहरूसँग जुभ्mने क्रममा लेनिवाद र लेनिनवादी सौन्दर्य दर्शनको गुणात्मक रूपले विकास गर्नुभयो । लेनिनवादी सौन्दर्य चिन्तनको मूल विशेषता भनेको पक्षधरताको सिद्धान्तको प्रतिपादन हो । लेनिनल साहित्य र कलाको क्षेत्रमा पुँजीवादी व्यक्तिवाद र साहेबी अराजकतावादको विरोधका साथै वर्ग तथा समाजनिरपेक्ष स्वतन्त्रताको विरोधमा कलाको पक्षधरताको सिद्धान्त प्रतिपादन गर्नुभयो । अतः लेनिनको समाजवादी–यथार्थवादी कलाको पक्षधरताको सिद्धान्तको सारलाई व्यक्तिवादी ‘म’ को संसारबाट सर्वहारावादी ‘हामी’ को संसारमा रूपान्तरणका अर्थमा ग्रहण गर्नु पर्दछ र माक्र्सवादी–लेनिनवादी सौन्दर्य चिन्तनको इतिहासमा यसको विशेष महत्व छ भन्ने कुरा बुभ्mन जरुरी छ ।

ग) माओवादी सौन्दर्यदर्शन एवं माओवादी मान्यता ः माओले वर्ग संघर्षमा भिड्दै जाँदा सौन्दर्य चिन्तनलाई उच्च रूपमा विकसित गर्नुभयो । माक्र्सवाद–लेनिनवादका अतिरिक्त यथार्थवादी कलाकार एवं चिन्तकहरू मेक्सिम गोर्की, लु स्युन आदिको पनि माओमा ठूलो प्रभाव परेको थियो । माओ स्वयं कवि र समीक्षक भएका नाताले पनि यस क्षेत्रलाई निकै उर्वर तुल्याउनुभएको थियो । माओले वर्गयुद्धको समस्याहरूको समाधान गर्दै अगाडि बढ्ने क्रममा कसरी समाधान गर्दै जाने र विचारधाराको क्षेत्रमा निम्न पुँजीवाद, पुँजीवाद, संशोधनवादलाई पछार्दै कसरी अगाडि बढ्ने भन्ने जस्ता चुनौती माओका सामु थिए र यिनको समाधान गर्ने क्रममा माओले सौन्दर्यचिन्तनको क्षेत्रमा पनि निकै महत्वपूर्ण योगदान दिनुभयो ।

माओवादी सौन्दर्यचिन्तनका मूल विशेषताहरू

माओवादी सौन्दर्य चिन्तनका मूल विशेषताहरू मूलतः दुई प्रकारका रहेका छन्– (क) सौन्दर्य चिन्तनको पद्धति (ख) सौन्दर्य चिन्तनको सिद्धान्त

क) सौन्दर्य चिन्तनको पद्धति ः खासगरी माओले सौन्दर्य चिन्तनको पद्धति सबैखाले अधिभूतवादका विरुद्ध भौतिकवादी द्वन्द्ववादको अन्तर्विरोधका नियममा आधारित छ । जीवनको वास्तविकतालाई आधार बनाएर सोच्नुपर्ने कुरामा जोड दिनु हुँदै माओले परिभाषाबाट सुरु गरी पाठ्यपुस्तकमा समाधान खोज्ने चिन्तनको कडा विरोध गर्नुभएको छ । वर्ग समाजमा हरेक मानिसकभा विचार र भावहरू वर्गीय हुने तथा सत्य, प्रेम, मानवस्वभाव आदि कुने पनि चीज अमूर्त नहुने कुरा बताउनु हुँदै सौन्दर्य–मूल्यलाई शाश्वत होइन समाजसापेक्ष परिवर्तनशील हुने कुरा मान्नुभएको छ । माओले भन्नुभएको छ ‘सत्य–असत्यका विरुद्ध छ र यसैसित लडेर विकसित हुन्छ । सुन्दर कुरूपका विरुद्ध र त्यो यसैसित लडेर विकसित हुन्छ । असल र खराबको कुरा पनि यस्तै हुन्छ ।’

माओले पुँजीवादी तथा निम्नपुँजीवादी विचारधाराबीचको संघर्ष निकै लामो समयसम्म चल्ने तथा सत्य–असत्य, असल–खराब र सुन्दर–कुरूपबीचको संघर्ष पनि निरन्तर चलिरहने कुरा बताउनुभएको छ । विचारधारा, साहित्य र कलाका क्षेत्रमा चल्ने यस प्रकारको संघर्षलाई माओले एकता, आलोचना र रूपान्तरणका आधारमा ‘सैयौँ पूmल फुल्न दिने, सैयौँ विचारशाखामा प्रतियोगिता चल्न दिने’ नीतिअन्तर्गत समाधान गर्दै नयाँ आधारको नयाँ एकता कायम गर्दै अगाडि बढ्ने कुरामा जोड दिनुभएको छ । एकातिर साहित्य र कलालाई राजनीतिको मातहत हुने र अर्कोतिर साहित्य र कलाले पनि राजनीतिलाई प्रभावित पार्ने कुरालाई माओले विशेष जोड दिएर बताउनुभएको छ । माओले उपरिसंरचनाका विधि, अंग र रूपहरू, जसमा कला, साहित्य र संस्कृति पनि पर्छ आदिले आपूm खडा भएको आर्थिक आधारलाई पनि बदल्छन् भन्नु हुँदै समाजवादी रूपान्तरणको निम्ति कला र साहित्यको पनि महत्वपूर्ण भूमिका हुने कुरा बताउनुभएको छ । अर्को कुरा माओले के पनि बताउनुभएको छ भने जब सामाजिक–आर्थिक आधार बद्लिँदा पनि त्यसको सेवा गर्ने कलामा ‘परिवर्तन एक गम्भीर समस्या’ बन्दछ, त्यो बेला गम्भीर प्रकारको अध्ययन र जाँचपड्तालमा जोड दिनुहुन्छ र त्यसको अन्तिम परिणाम महान् सर्वहारा सांस्कृतिक क्रान्ति नै हुन्छ भन्नुभएको छ ।

अतः कला, साहित्य र संस्कृतिलगायत विचारधाराका विभिन्न क्षेत्रमा विद्यमान निम्न पुँजीवादी, पुँजीवाद र संशोधनवादलाई निर्मूल पार्ने तथा विश्वदृष्टिकोणको समस्या समाान गर्ने उद्देश्य प्राप्तिका निम्ति नयाँ सौन्दर्य चेतनाले समृद्ध मानवजातिको निम्ति महान् चिनियाँ सर्वहारा सांस्कृतिक क्रान्तिको विशेष महत्व रहेको छ ।

ख) सौन्दर्य चिन्तनको सिद्धान्त

९ष्०        माओवादी सौन्दर्यचिन्तनको सिद्धान्तका मूल्य विशेषताहरूलाई निम्नअनुसार चर्चा गर्न सकिन्छ– ‘साहित्य र कला कलाका लागि’ यी प्रश्नलाई माओले साहितय र कलाका आधारभूत सिद्धान्तको प्रश्न बताउनुभएको छ । लेनिनबाट समाधान भइसकेको पक्षधरताको सवालसँग जोडिएको यो विषयलाई माओले अभैm परिष्कृत तुल्याउँदै जनताका लागि लेख्ने भनेको के हो र त्यो कसरी लेख्ने ? यी दुवै सवाललाई माओले साहित्यको केन्द्रीय सवालको रूपमा लिनुभएको छ । साहित्य र कलाका गैरपक्षधरताको पक्षपोषण गर्ने तमाम गलत चिन्तनमाथि प्रहार गर्दै माओले भन्नुभएको छ– ‘वास्तवमा ‘कलाका लागि कला’ को सिद्धान्त मान्ने कला वर्गहरूभन्दा माथि रहने कला र राजनीतिबाट अलग रहने अथवा स्वतन्त्र रहने कला नाभको कुनै चीज हुँदैन । सर्वहारा वर्गको कला साहित्य सम्पूर्ण क्रान्तिकारी कार्यको एक अंग हो । लेनिनको शब्दमा ‘त्यो सम्पूर्ण क्रान्तिकारी मेसिनको दाँती र पेजभैmँ समान छ ।’

यहाँनेर गम्भीर रूपले ध्यान दिनुपर्ने कुरा के हो भने माओले सम्पूर्ण क्रान्तिकारी मेसिनको रूपमा साहित्य र कलालाई कसरी जोड्ने ? दुश्मनलाई नष्ट गर्ने र जनतालाई प्रशिक्षित तथा गोलबद्ध गर्ने शक्तिशाली हतियारका रूपमा तिनको विकास कसरी गर्ने ? यी उद्देश्य प्राप्तिका लागि लेखक–कलाकारसँग सम्बन्धित वर्गदृष्टिविन्दु, प्रवृत्ति र दर्शक–पाठक, काम र अध्ययनका समस्याहरूको विश्लेषण गरी सही समाधान प्रस्तुत गर्नुभयो ।

९ष्ष्० प्रतिबिम्नको सिद्धान्त

साहित्य र कलालाई माओले सामाजिक जीवनको प्रतिबिम्बन हो भन्नुभयो र जनताको जीवनलाई कच्चा मालको खानीको रूपमा लिँदै त्यो अप्रशोधित भए पनि अत्यन्तै सजीवन, समृद्ध र मौलिक हुने कुरा प्रस्ट पार्नुभयो । माओ भन्नुहुन्छ– ‘मान्छेको जीवन र कला साहित्य सुन्दर हुन्छन् तर साहित्यिक रचनाहरू र कलाकृतिहरूमा प्रतिबिम्बित हुने मानव जीवन दैनिक वास्तविक जीवनभन्दा बढी उचो धरातलमा बढी तीव्र, बढी घनीभूत, बढी विशिष्टतापूर्ण, आदर्शको बढी नजिक तथा त्यसैले अझ बढी व्यापक प्रभावयुक्त हुन सक्छ र त्यो त्यस्तो पनि हुनुपर्दछ ।

९ष्ष्ष्० कलामूल्यका मापदण्डको सिद्धान्त

माओ भन्नुहुन्छ, ‘कला साहित्यको समालोचनाका दुई मापदण्ड हुन्छन्– राजनीति र कलात्मक’ यहाँनेर माओले राजनीतिलाई प्रधान र कलात्मकलाई गौण बताउनुभएको छ । माओले भन्नुहुन्छ ‘सबै वर्गीय समाजमा सबै वर्ग यसै गर्दछन् । एउटा तथ्य के हो भने, कलात्मक प्रतिभाको दृष्टिले जतिसुकै उँचो भए पनि सर्वहारावर्गका कलाकृतिका निम्ति पुँजीपतिवर्गको ढोका सदा बन्द हुन्छ । त्यस्तै विषयवस्तु जति प्रतिक्रियावादी हुन्छ र त्यसको कलात्मक प्रतिभा जति नै उचो हुन्छ, त्यो कृति जनताको निम्ति त्यत्तिकै जहरिलो हुन्छ । त्यसलाई लत्याउन त्यत्तिकै जरुरी हुन्छ । वस्तुपक्ष र कलापक्षका बीचको यो अन्तरविरोधलाई माओले ह्रासकालीन शोषकवर्गीय कलासाहित्यको ‘एक विशेषता’ बताउनुभएको छ । माओले कलाकृतिमा असल र खराबबीचको अन्तरलाई कसरी छुट्याउने छ ? त्यसका निम्ति प्रयोजन र परिणम अर्थात आमजनताको सेवा गर्ने प्रयोजन र जनताद्वारा समर्थित हुने परिणामबीचको द्वन्द्वात्मक एकतालाई आधार बनाउनुभएको छ । कलात्मक मापदण्डका बारेमा माओले स्तरीयता र लोकप्रियताको द्वन्द्वात्मक एकतामा जोड दिनुभएको छ । कलाको सम्प्रेषण सिद्धान्तसँग सम्बन्धित प्रश्न हो र यसलाई माओले जनताको सेवा गर्ने प्रयोग र जनताद्वारा समर्थित हुने परिणामसँग जोड्नुभएको छ ।

माक्र्सले कलाको विकासमा श्रमको महत्वपूर्ण भूमिका रहने कुरा बताउनु भएको छ । चेर्नोशेव्स्कीले सुन्दर नै जीवन हो भनेका छन् । कुनै वस्तु किन सुन्दर मानिन्छ ? यसको जवाफमा माओले भौतिकवादी उपयोगितावादी अर्थात् ‘सर्वहारा क्रान्तिकारी उपयोगितावादी’ दृष्टि अवलम्बन गर्नुभएको छ र यसलाई पनि सरलता र स्तरीयताका प्रश्नसँग जोड्नुभएको छ । यथार्थवादी सौन्दर्यचिन्तकहरूले जीवनपरक कलालाई श्रमसँग जोड्ने गरेका छन् । वस्तुलाई सौन्दर्य सुखसँग जोड्ने तत्व नै उपयोगिता हो । किनकि जुन वस्तु जीवनोपयोगी छ, त्यही नै सुन्दर हुन्छ र वस्तुमा जीवनको उपयोगिता सृष्टि गर्ने मूल तत्व श्रम नै हो । माओले राजनीतिक मापदण्डलाई कलाको मूल्य निर्धारण गर्ने प्रधान मापदण्ड मान्नुभएको छ । प्रतिक्रियावादी राजनीतिक विषयवस्तुलाई कलात्मक ढंगले प्रस्तुत गर्ने रूपवादी शैलीका साथै प्रगतिशील राजनीतिक विषयवस्तुलाई पोस्टरबाजी वा नाराबाजी शैलीमा प्रस्तुत गर्ने चिन्तनको पनि माओले पूरा विरोध गर्नुभएको छ । माओ भन्नुहुन्छ, ‘हामी जुन चीजको माग गर्दछौँ त्यो हो राजनीति र कलाको एकता विषयवस्तु र रूपको एकता, क्रान्तिकारी राजनीतिक विषयवस्तु र यथासम्भव’ बढी पूर्ण कलात्मक रूपको एकता ।’

९ष्ख० सिर्जनशीलताको वर्गीय सिद्धान्त

अध्ययनको क्षेत्रमा माओले जनपक्षधर लेखक–कलाकारहरूका निम्ति माक्र्सवादको अध्ययन आवश्यक भएको बताउनुभएको छ । माक्र्सवादको अध्ययनले कलाकारहरूको सिर्जनशील मनस्थितिलाई नष्ट पारिदिन्छ भन्ने चिन्तनमाथि कडा प्रहार गर्दै माओले दुई कुरा प्रस्ट पार्नुभयो– पहिलो माक्र्सवाद र यथार्थवादबीचको सम्बन्ध र दोस्रो सिर्जनात्मक मनस्थितिको वर्गचरित्र, माओले भन्नुभयो– साहित्यिक र कलात्मक सिर्जनाको कार्यमा माक्र्सवादले यथार्थवादलाई हटाएर त्यसको स्थान लिन सक्दैन र त्यसलाई आपूmभित्र समावेश गर्दछ । माक्र्सवाद प्रकृति, समाज र चिन्तनका आम नियमहरूको अध्ययन गर्ने एक सामान्य विज्ञान हो तर यथार्थवादी कलाका वस्तुवादी नियमहरूको सौन्दर्यपरक ढंगले अध्ययन गर्ने एक विशिष्ट विज्ञान हो । माओको दृष्टिमा सिर्जनात्मक मनस्थितिसँग गाँसिएको माक्र्सवादको अध्ययन गर्ने कुरा अर्थात् माक्र्सवादको अध्ययन गर्नुको अर्थ संसार समाज र कलासाहित्यलाई द्वन्द्वात्मक र ऐतिहासिक भौतिक विश्वदृष्टिमा दर्शनशास्त्रको भाषण छाँट्न हिँड्नु ।’

९ख० भावात्मक रूपान्तरणको सिद्धान्त

क्रान्तिकारी कलासाहित्यको निर्माणका निम्ति अन्य वर्गबाट आएका बुद्धिजीविहरूको पुनसंस्कार गर्नुपर्ने कुरामाथि विशेष प्रकाशन पार्नुहुँदै माओ भन्नुहुन्छ, ‘यसको अर्थ हो– भावनात्मक रूपान्तरण । एकबाट अर्को वर्गमा रूपान्तरण यस प्रकारको रूपान्तरण लेखक–कलाकार र जनता दुवैको निम्ति हो । माओवादी सौन्दर्यदृष्टि अनुरूप यस सिद्धान्तका बारेमा निम्नलाई गर्न सकिन्छ–

(१) ज्ञानको दुई छलाङ्गको सिद्धान्तका आधारमा । लेखक–कलाकारको जब भावनात्मक रूपान्तरण हुन्छ त्यो बेला उनीहरूले सामाजिक जीवनबाट प्राप्त सामग्रीलाई क्रान्तिकारी ढंगले प्रतिबिम्बित गर्दछन् र यसरी निर्मित कृतिहरूले जनताको भावनात्मक परिवर्तन गर्नमा राम्रो मद्दत पु¥याउँछन् ।

(२) विपरीतहरूको एकता र संघर्षका आधारमा सत्य– असत्य, असल–खराब, सुन्दर–असुन्दर, प्रेम–घृणा, उत्साह– अनुत्साह आदि वस्तुमा विपरीत पहलुबीच संघर्ष चलिरहन्छ र ती खास अवस्थामा एक अर्कोमा बदलिन्छ ।

(३) व्यक्तिको समूहमा, विशेषको सामान्यमा रूपान्तरणको आधारमा । जब दर्शक, पाठकहरू कलाकृतिको रसास्वादन गर्दछन्, त्यो बेला उनीहरूका विशिष्टता सामुहिकतामा रूपान्तरित हुन्छन् । लेखक, कलाकार, पाठक र दर्शकबीच तादाम्य हुन्छ ।

यसरी भावनात्मक रूपान्तरणबाट जुन आनन्द प्राप्त हुन्छ त्यो वर्गीय आनन्द हो । सच्चा सौन्दर्य….. भनेको हामी र यो एक सामुहिक आनन्द हो ।

९खष्० माओवादी सौन्दर्य चिन्तनको महत्व

माक्र्स–एंगेल्स र लेनिनपछि सौन्दर्यचिन्तनको व्याख्या र विकास गर्ने काममा अनेकौँ चिन्तनहरूको अवश्य नै महत्वपूर्ण भूमिका रहिआएको छ तर यसलाई नयाँ आयाम दिने काममा माओको योगदान भने निकै उच्च रहेको छ । आज यसरी माक्र्सवादी सौन्दर्यचिन्तनको माओवादसम्म विकास हुँदै एकातिर यसले मानवजातिले आर्जन गरेको यस क्षेत्रका सर्वोत्तम सिद्धान्तहरूलाई पचाएर, आपूmमा समेटेको छ भने अर्कोतिर तमाम विषाक्त झारपात र अवैज्ञानिक कुराहरूलाई पूरै मिल्काइदिएको छ । अतः माक्र्सवादले वैज्ञानिक सौन्दर्यशास्त्र होइन आदर्शवाद एवं अधिभूतवादमा आधारित बुर्जुवा सौन्दर्यशास्त्रको उपेक्षा गरेको छ र त्यसका विरुद्ध खडा भएको छ । आज नेपाली कलासाहित्यका क्षेत्रमा एकातिर सामन्ती तथा पुँजीवादी प्रतिक्रियावादी विचारधारा र अर्कोतिर माक्र्सवादी–लेनिनवादी–माओवादी विचारधाराबीच भीषण संघर्ष चलिरहेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु