सेक्युरिटी संघको अध्यक्षमा भुबन बिसी

२०७७ चैत्र २९ गते, आईतवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल नेपाल क्रान्तिकारी सेक्युरिटी संघको छैठौँ राष्ट्रिय सम्मेलनले १५ सदस्यीय केन्द्रीय समिति निर्माण गरेको छ । अध्यक्षमा भुबन बिसी, उपाध्यक्ष हरिबहादुर मगर, महासचिव सहदेब, सचिब हरिबहादुर बुढा र सदस्यहरूमा प्रेम बिसी, मित्रलाल विश्वकर्मालाई चयन गरेको छ । देशैभरीबाट प्रतिनिधित्व रहेको उक्त सम्मेलनमा महासंघको संयोजक बिनोद थापा, उपत्यका विशेष क्षेत्रीय समन्वय समितिका संयोजक शिशिर थापामगर प्रमुख तथा विशेष आथित्यमा सम्पन्न सम्मेलन राप्ती क्षेत्रीय समन्वय समितिका संयोजक डिल्ली वलीको नेतृत्वमा भएको थियो । उक्त सम्मेलनको अध्यक्षता भुबन बिसीले गरेका थिए भने सञ्चालन सहदेबले गरेका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु