आज घोडे जात्रा

२०७७ चैत्र २९ गते, आईतवार


काठमाडौं । आज चैत कृष्ण औंसी अर्थात घोडे जात्रा । काठमाडौ उपत्यकामा आज घोडे जात्रा पर्व मनाईदै छ । नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरिन्छ । कोरोना संक्रमण बढ्दै गएपछि सेनाले थोरैलाई आमन्त्रित गरेर साङ्केतिकरूपमा मात्र जात्राका कार्यक्रमलाई निरन्तरता दिन लागेको हो ।
उपत्यकाका नेवार समुदायले भने आजका दिनलाई पिशाच चतुर्दशीका रुपमा भोजभतेर गरेर मनाउँने गर्दछन् । ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडे जात्रा मनाउने गरिन्छ । प्राचीनकालमा गुरुमापा नामक राक्षसले बालबालिका खाएर दुःख दिएपछि तान्त्रिकको सल्लाहमा स्थानीय बासिन्दाले उक्त राक्षसलाई समातेर टुँडिखेलको बीचमा लगेर गाडेको र त्यस राक्षसको शक्ति क्षीण गर्न शक्तिको प्रतीक घोडालाई दौडाउने गएिको किम्वदन्ती छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चैते छठ पर्व मनाइँदै

२०८१ बैशाख २ गते, आईतवार