अखिल (क्रान्तिकारी)तनहुको अध्यक्षमा पदम विश्वकर्मा

२०७७ चैत्र २८ गते, शनिबार


काठमाडौँ । अखिल (क्रान्तिकारी) तनहुँको २३ औँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । शुक्रबार दमौलीमा सम्पन्न भएको सम्मेलनले पदम विश्वकर्माको अध्यक्षतामा २३ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा अस्मिता कोइराला र प्रवीण थापा, सचिवमा शिव सदाशंकर, सह–सचिवमा आदित्य ढुङ्गाना र राजेन्द्र गिरी तथा कोषाध्यक्षमा सरिता विक चयन भएका छन् ।
सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि अखिल (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष रुद्र भट्टराईले व्यवहारिक तथा निःशुल्क शिक्षाका लागि लामो समयदेखि निरन्तर संघर्ष गर्दै आइरहेको अखिल (क्रान्तिकारी) वैज्ञानिक समाजवादी शिक्षा र वैज्ञानिक समाजवादी व्यवस्थाका लागि आन्दोलन चलाएको बताए ।
सम्मेलनमा नेकपाका गण्डक व्युरो कार्यालय सचिव रुपेश विशिष्ट अतिथि थिए भने नेकपा तनहुँ इन्चार्ज निशान्त, अखिल (क्रान्तिकारी) गण्डक व्युरो संयोजक अटल अतिथि थिए ।

प्रतिक्रियाहरु