भाकपा (माओवादी)द्वारा भारत बन्दको आव्हान

२०७७ चैत्र २७ गते, शुक्रबार


काठमाडौँ । भाकपा (माओवादी)ले अप्रिल २६ मा भारत बन्दको आव्हान गरेको छ । जनताको आन्दोलनमाथि भारतीय सरकारले गरेको दमन र धरपकडको विरोधमा बन्दको आव्हान गरिएको सोमबार दक्षिण उप प्रान्तीय ब्यूरोले जारी गरेको सार्वजनिक प्रेस वक्तवयमा उल्लेख गरिएको छ । वक्तव्यमा बन्द सफल पार्न आम जनसमुदायलाई अपिल समेत गरिएको छ । अप्रिल १ देखि २५ सम्म जनताको पक्षमा भएका सबै आन्दोलनहरुलाई संगठित गर्ने उद्देश्य समेत लिएको जनाइएको छ ।
वक्तव्यमा पारा मिलिटरी, छत्तिगढ पुलिस र इन्डियन जवानहरुलाई माओवादी विरुद्धको अपरेशन‘प्रहार’मा सहभागि नहुन अपिल समेत गरिएको छ । वक्तव्यमा ‘समाधान प्रहार’को नाममा सञ्चालन गरिएको अपरेशनलाई निस्तेज तुल्याउन बरु सुरक्षा फौजको जागिर छाडेर जनताको आन्दोलनमा सहभागि हुन र समर्थन गर्न समेत अपिल गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ कि पुलिस सेनाका अधिकारीहरुले पदोन्नती र इनामको लोभमा सरकारको इशारा र निर्देशनमा क्रान्तिकारी कार्यकर्ताहरुको हत्या गर्ने गरेका छन् ।
विज्ञप्तिमा चार महिनादेखिको किसान आन्दोलनमा ३०० बढी किसानहरुले जीवन बलिदान दिए पनि सरकारले किसान विरोधी कानुन खारेज वा संशोधन नगरेको भन्दै किसानहरुको आन्दोलनप्रति आफूहरुको ऐक्यबद्धता रहेको समेत जनाइएको छ । – एजेन्सी

प्रतिक्रियाहरु