अखिल (क्रान्तिकारी) मकवानपुरको २३औं जिल्ला सम्मेलन सम्पन्न

२०७७ चैत्र २६ गते, बिहीबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) मकवापुरले “शिक्षा क्षेत्रमा बढ्दो व्यापारीकरण, भ्रष्टीकरण र माफियाकरणका विरुद्ध हाम्रो आन्दोलन! संगठन सुदृढ र एकीकृत जनक्रान्ति मार्फत वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिको लागि २३ औं मकवानपुर जिल्ला सम्मेलन!!” भन्ने नारासहित मकवानपुरको हेटौडामा २३ औं जिल्ला सम्मेलन सम्पन्न गरेको छ।


बुधबार अखिल (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष रुद्र भट्टराईको प्रमुख आतिथ्यमा र मकवानपुरका जिल्ला इन्चार्ज राम घलान (वाटर) को विशेष आतिथ्यतामा सम्पन्न भएको सम्मेलनले विवेक घलान (अनिल) को अध्यक्षतामा २७ सदस्यीय जिल्ला समिति निर्वाचन गरेको छ। नव निर्वाचित जिल्ला समितिको उपाध्यक्षमा सुर्य बहादुर गोले र ललित घलान, सचिवमा विक्रम घलान, सह_सचिवमा सर्मिला थोकर र कोषाध्यक्षमा सुबास तामाङ रहेका छन्। त्यस्तै गरी सदस्यहरुमा उमेश घलान, शान्ति घलान, बिनिता ढुंगाना, झरना थिङ, दिलमाया गोले, अमृता मगर, राजीव अधिकारी, रविन्द्र बल, अन्जन अर्याल, विष्णु सुवेदी, मन्दिरा थापा, स्वस्तिका श्रेष्ठ, गौरवी कुइँकेल, रुपेश रुम्बा, रञ्जित बज्यु, दिपेश क्षेत्री, निकेश बुलोन, पुन प्रताप, शास्त्र थापा, समझाना बोमजन र पासाङ लामा रहेका छन्।

सम्मेलन कार्यक्रमको प्रमुख अतिथि रुद्र भट्टराईले कार्यक्रमको सम्बोधन गर्दै देशमा सञ्चालन गरिएको निजि शिक्षाको अन्त्य गर्नुपर्नेमा जोड दिए। उनले शिक्षा क्षेत्रमा भएका विभिन्न सामास्याहरुको समाधान केवल वैज्ञानिक समाजवादी व्यवस्थामा रहेको भन्दै सम्पूर्ण विद्यार्थीहरुलाई संगठनमा संगठित भई अघि बढ्न आह्वान समेत गरे।

त्यस्तैगरी कार्यक्रमका विशेष अतिथि राम घलान (वाटर) ले संसदीय व्यवस्था नै अहिले हाम्रो देशमा देखिएका समस्याहरू र राजनीतिक अस्थिरताको मूल कारण बनेको र आफैमा उजाड हुँदै गएकोले अब यस व्यवस्थाले देश र जनताको निकास दिन नसक्ने बताए। त्यसकारण संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नका लागि सम्पूर्ण विद्यार्थीहरुलाई संगठित भई एकीकृत जनक्रान्तिको कार्यदिशामा गोलवन्द हुन आह्वान गरे। त्यसैगरी अखिल (क्रान्तिकारी) नारायणी व्युरो संयोजक जप्रेलले शैक्षिक क्षेत्रमा भएको निजीकरण, दलालिकरण, व्यापारीकरण, माफियाकरणका साथै विभिन्न विकृति र विसंगतिको अन्त्य गर्नका लागि संगठन विस्तारका साथै संघर्ष गर्न निर्देशन गरे। सम्मेलनमा पुनः निर्वाचित अध्यक्ष विवेक घलान (अनिल) ले अब नयाँ कार्ययोजना बनाई संगठनलाई अघि बढाउनुका साथै शैक्षिक क्षेत्रमा भएका समस्याको निर्मूल गर्ने संघर्षनात्मक कार्यमा जुट्ने प्रतिबध्दता गरेका थिए।

सम्मेलन कार्यक्रममा मकवानपुरका जिल्ला सेक्रेटरी सुर्य अर्याल, अखिल (क्रान्तिकारी) नारायणी व्युरो संयोजक प्रकाश जप्रेल, मकवानपुर जिल्लाका जनसत्ता प्रमुख तथा सचिवालय सदस्य विक्रम मगर, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) मकवानपुरका जिल्ला अध्यक्ष सुशिला सिन्तान्, युवा संगठन मकानपुरका अध्यक्ष किरण अर्याल, मकवानपुर जिल्ला पार्टी सदस्य गुण सिंह रुम्बा, किसान संगठन मकवानपुरका जिल्ला अध्यक्ष कर्ण लामा, अखिल (क्रान्तिकारी) मकवानपुरका पूर्व जिल्ला अध्यक्ष चूडामणि रुपाखेती, सहिद परिवार सदस्य हेलिश मोक्तान, मकवानपुर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. शङ्कर प्रसाद उपाध्याय लगायत अतिथि गणको उपस्थिति रहेको थियो।

विवेक घलानकाे अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन विक्रम घलानले गरेका थिए भने ललित घलानले स्वागत मन्तव्य र जिल्ला सेक्रेटरी सुर्य अर्यालले शुभकामना तथा बधाई मन्तव्य राखेका थिए। कार्यक्रमको उदघाटन प्रमुख अतिथि र विशेष अतिथिले दीप प्रज्ज्वलन द्वारा गरका थिए।

प्रतिक्रियाहरु