भारतमा एकैदिन १ लाख १५ हजार बढी कोरोना संक्रमित थपिए

२०७७ चैत्र २५ गते, बुधबार

काठमाडौँ । भारतमा कोरोना संक्रमितको संख्या अहिले सम्मको सबैभन्दा धेरै देखिएको छ । पछिल्लो २४ घण्टामा १ लाख १५ हजार ७ सय ३६ जनामा संक्रमण पुष्टि भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संख्या यो वर्षको सबैभन्दा धेरै हो । पछिल्लो २४ घण्टामा ६ सय ३० जनाको संक्रमणकै कारण मृत्यु भएको छ । हालसम्म भारतमा कोरोना संक्रमितको संख्या १ करोड २८ लाख नाघेको छ भने १ लाख ६६ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।
भारतमा ८ करोड ७० लाख भन्दा बढिले कोरोनाविरुद्वको खोप लगाएका छन् । संक्रमण दर उच्च देखिएका केही प्रदेशमा नियन्त्रणका लागि सरकारले चालेको कदम प्रभावकारी नदेखिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु