१ हजार ८ सय बढी कैदी फरार !

२०७७ चैत्र २४ गते, मंगलवार


काठमाडौँ । नाइजेरियाको एक जेलबाट १ हजार ८ सय भन्दा बढी कैदीहरु फरार भएका छन् । बन्दुकधारीहरुको आक्रमणपछि उनीहरु फरार भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । फरार भएका मध्ये ६ जना कैदीहरु जेलमै फर्किसकेका छन् भने ३५ जनाले जेलबाट भाग्न नै अस्वीकार गरेको बताइएको छ । सोमवार बिहान आक्रमणकारीहरू दक्षिण-पूर्वी शहर ओवेरीस्थित जेलको प्रशासनिक भवनमा विस्फोटक गराई जेलभित्र पसेका थिए ।
आक्रमणकारीहरुले रकेटबाट फ्याक्न सकिने ग्रेनेड, स्वचालित बन्दुक, विस्फोटक पदार्थ र राइफल बोकेको त्यहाँको प्रहरी प्रवक्तालाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
यसैबीच नाइजेरियाका राष्ट्रपति मुहम्मदु बुहारीले आक्रमणलाई ‘अराजकतावादीहरूले गरेको आतंकवादको कार्य’को संज्ञा दिएका छन् । उनले सुरक्षा निकायहरूलाई आक्रमणकारी र भाग्न सफल कैदीहरूलाई पक्रन निर्देशनसमेत दिएका छन् । – एजेन्सी

प्रतिक्रियाहरु