अखिल (क्रान्तिकारी) द्वारा म्यनमारको सैनिक दमनविरुद्ध प्रदर्शन

२०७७ चैत्र २४ गते, मंगलवार


काठमाडौँ । अखिल (क्रान्तिकारी) ललितपुरले म्यानमारका सेनाले गरेको गरेको दमनका विरुद्ध पाटन बहुमुखी क्याम्पसमा सोमबार प्रदर्शन गरेको छ । अखिल क्रान्तिकारी (ललितपुर) ले आयोजना गरेको प्रदर्शनमा विद्यार्थीहरूले “Justice for Myanmar”; “We with myanamar people’s “, ” Down Down Myanmar military fasicism ” लगाएतका नाराहरू देखिएका प्लेकार्डहरू बोकेका थिए । अहिले विश्वका अधिकांश देशहरूले म्यानमारको सैनिक शासनका विरुद्ध आक्रोश पोखिरहेका छन् ।
हालसम्म म्यानमारको सेनाले ४३ भन्दा बढी बालबच्चाहरूको हत्या गरिसकेको र सयौँ नागरिकहरूलाई क्रुरतापूर्वक सैनिक शासकद्वारा मारिएको समाचारहरु छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु