भारतको महाराष्ट्रमा कर्फ्यु !

२०७७ चैत्र २३ गते, सोमबार


काठमाडौँ । भारतमा कोरोना भाइरस संक्रमण तीव्र गतिमा फैलिएसँगै कोरोनाको हटस्पट बनेको महाराष्ट्र राज्यमा आजदेखि रात्रिकालिन समयमा कर्फ्यु लगाइने छ । कोरोना नियन्त्रणमा नआए आगामी हप्ताबाट लागु हुने गरी पूर्ण रूपमा लकडाउन लागु हुने भएको छ । भारतमा हिजो एकैदिन थपिएका ९३ हजार संक्रमितमध्ये आधा भन्दा बढी महाराष्ट्रमा रहेको बताइएको छ । आजदेखि महाराष्ट्रमा राती आठ बजेदेखि बिहानको सात बजेसम्म कर्फ्यु लागु हुनेछ । लकडाउनको समयमा अत्यावश्यक सेवा मात्र सञ्चालनमा रहने नियम लागु गरिएको छ ।
यसअघि महाराष्ट्र राज्यका मुख्यमन्त्री उद्दव ठाकरेले केही मानिसहरूले सुरक्षाका उपायहरू नअपनाएको र मास्क लगाउन छाडेका कारण खोप लगाएपछि पनि केही संक्रमित भएको भन्दै देशमा चाँडै नै लकडाउन घोषणा गर्ने जनाउ दिएका थिए । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु