फाइजरको खोप किशोर किशोरीमा शतप्रतिशत प्रभावकारी

२०७७ चैत्र २२ गते, आईतवार


काठमाडौं । फाइजर–बायोएनटेकले कोरोना भाइरसविरुद्धको आफूले विकास गरेको खोप किशोर किशोरीका लागि निकै नै प्रभावकारी देखिएको जनाएको छ । हालै सार्वजनिक भएको अनुसन्धान प्रतिवेदनमा कोरोना भाइरसविरुद्धको फाइजर–बायोएनटेकको खोप १२ देखि १५ वर्षसम्मका किशोर किशोरीमा शतप्रतिशत प्रभावकारी देखिएको हो ।
किशोर किशोरीमा खोप कत्तिको सुरक्षित र प्रभावकारी छ भन्ने विषयमा केन्द्रित भएर गरिएको अध्ययनबाट खोप शतप्रतिशत प्रभावकारी देखिएको फाइजर–बायोएनटेकद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।
फाइजर–बायोएनटेकको खोप सुरक्षित र प्रभावकारी रहेको भन्दै १६ वर्षदेखि माथिको उमेर समूहका व्यक्तिका लागि यसअघि नै प्रयोगका लागि अनुमति दिइएको थियो । अध्ययनको क्रममा १२ देखि १५ वर्षसम्मका २२ सय ६० किशोर किशोरीमा गरिएको परीक्षणमा खोप सुरक्षित र संक्रमण रोक्न १०० प्रतिशत प्रभावकारी देखिएको हो । खोप लगाएका बालबालिका तथा किशोर किशोरीमा भाइरससँग लड्ने एन्टीबडीको विकास राम्रो गतिमा भएको देखिएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार