४ जना डाका पक्राउ

२०७७ चैत्र २२ गते, आईतवार


काठमाडौं । महानगरीय प्रहरी बृत लैनचौर र महानगरीय प्रहरी परिसर काठमाडौको सयुक्त टोलिले डाँका मारेको अभियोगमा ४ जनालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकका २८ बर्षीय फुलमान तामाङ्ग, २४ बर्षीय अमिर तामाङ्ग, गोकर्ण बस्ने २८ बर्षीय बुद्ध तामाङ्ग र २८ बर्षीय रोशन लामा रहेका हुन् । उनिहरुले गत चैत्र १६ गते राती काठमाडौको ठमेलस्थित चिनियाँ नागरिक युन जियोमिनको डेरामा धारिलो हतियार देखाई लुटपाट गरेका थिए ।
उक्त स्थानबाट २० लाख रुपैयाँ र सुनका गहना लुटेर फरार उनीहरुलाई काठमाडौका विभिन्न स्थानबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर का प्रवक्ता रमेश कुमार बस्नेतले जानकारी दिनुभयो । प्रहरीले उनिहरुको साथ बाट नगद ७ लाख ९२ हजार रुपैया, ६ हजार १ सय ७० चिनियाँ युआन र सुनका गहना बरामद गरेको छ । पक्राउ परेकाहरु माथि सङ्गठित अपराध डाकामा मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चैते छठ पर्व मनाइँदै

२०८१ बैशाख २ गते, आईतवार