माक्र्सवादका तीन स्रोत र तीन संघटक अङ्गका सन्दर्भमा

२०७७ चैत्र २२ गते, आईतवार

हस्तबहादुर केसी

“माक्र्सवाद माक्र्सका विचारहरु र उनको शिक्षाको व्यवस्थित शृङ्खला हो । उन्नाइसौं शताब्दीमा माक्र्सवादका तीन संगठक तत्वहरुको उल्लेख गर्दै संसारका तीन अधिकतम उन्नत देशहरूमा पैदा भएका तीन मुख्य विचारधाराहरु– शास्त्रीय जर्मन दर्शन, शास्त्रीय अंग्रेजी राजनीतिक अर्थशास्त्र र सामान्य फ्रान्सेली क्रान्तिकारी शिक्षाहरुसँग संलग्न फ्रान्सेली समाजवादलाई माक्र्सले अगाडि बढाउनु भयो र तिनलाई आफ्नो प्रतिभाले परिपूर्ण बनाउनु भयो ।’ – भ्लादीमिर इल्यिच लेनिन

विश्व सर्वहारा वर्गका महान् नेता तथा लेनिनवादका प्रतिपादक भ्लादीमिर इल्यिच लेनिनले यहाँ माक्र्सवादका तीन स्रोत र तीन संघटकको बारेमा उल्लेख गर्ने क्रममा दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद माक्र्सवादका तीन संघटक अङ्ग (तत्व) को बारेमा उल्लेख गर्नुभएको छ । यसैका आधारमा माक्र्सवादका तीन संघटक अङ्ग (तत्व) को बारेमा अध्ययन गर्न जरुरी हुन्छ । कार्ल माक्र्स (सन् १८१८–१८८३) र फ्रेडरिक एंगेल्स (सन् १८२०–१८९५ ) को संयुक्त प्रयासबाट माक्र्सवादको जन्म भएको हो । सन १७४८ फेब्रुअरी २१ दिन माक्र्स र एंगेल्सले जुन लण्डनबाट कम्युनिस्ट घोषणापत्र जारी गर्नुभयो, त्यो नै माक्र्सवाद बन्यो र माक्र्सवाद विश्व सर्वहारा वर्गको मुक्तिको पथप्रदशक सिद्धान्त बन्यो । त्यस दिनदेखि विश्व सर्वहारा वर्गले आफ्नो मुक्तिको सिद्धान्तका रुपमा माक्र्सवाद प्राप्त ग¥यो । माक्र्सवादको महत्वबारे प्रकाश पार्दै लेनिन अगाडि भन्नू हुन्छ– “माक्र्सको दर्शन एउटा यस्तो परिपूर्ण दार्शनिक भौतिकजाद हो, जसले मानव जातिलाई र खास रुपले मजदुरवर्गलाई ज्ञानका शक्तिशाली आौजारहरु प्रदान गरेको छ ।”– लेनिन, संकलित रचनाहरु, भाग १९, पृष्ठ २५ ।

त्यस्तै माक्र्सवादको महत्वबारे स्वयं माक्र्स अगाडि भन्नु हुन्छ– “जसरी दर्शनले सर्वहारावर्गमा आफ्नो भौतिक हतियार भेटाउँछ, त्यसरी नै सर्वहारावर्गले दर्शनमा आफ्नो बौद्धिक हतियार भेटाउँछ ।” – माक्र्स र एंगेल्स, संकलित रचनाहरु, भाग भाग ३, पृष्ठ १८७ । साथै माक्र्सवादको महत्वबारे कमरेड माओ अगाडि भन्नू हुन्छ– “माक्र्सवाद ज्ञानका अनेक शाखाहरुबाट बनेको छ, माक्र्सवादी दर्शन, माक्र्सवादी अर्थशास्त्र र माक्र्सवादी समाजवाद अर्थात् वर्गसंघर्षको सिद्धान्त, तर जग चाहिँ माक्र्सवादी दर्शन हो । यदि त्यसलाई मनन् गरिँदैन भने हाम्रो एउटा साझा भाषा या कुनै साझा तरिका हुने छैन, हामी चीजहरुलाई स्पष्ट नपारिकन यताउताको कुरा उठाई तर्क मात्र गरिरहेका हुनेछौं । द्वन्द्वात्मक भौतिकवादलाई मनन् गरिसके पछि, थुप्रै दुःख कष्टबाट जोगिने छ र धेरै गल्तीहरु हट्नेछन् ।” – माओ त्सेतुङ, चुनिएका रचनाहरु, अंग्रेजी संस्करण, भाग ५, पृष्ठ १६० ।

माक्र्सवादी दर्शन सर्वहारावर्गको विश्वदृष्टिकोण हो । माक्र्सवादी दर्शनलाई द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद भनिन्छ । यसको सिद्धान्त भौतिकवाद र यसको पद्धति द्वन्द्ववाद हो । माक्र्सवाद सर्वहारा क्रान्तिको विज्ञान हो । माक्र्सवाद क्रान्तिकारी र आलोचक रहेको छ । माक्र्सवाद पुँजीवादको प्रारम्भिक अवस्थामा विकसित भएको हो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, अतिरिक्त मूल्यको सिद्धान्त, वर्गसंघर्ष तथा इतिहासमा बल प्रयोगको भूमिका र वैज्ञानिक समाजवाद तथा साम्यवाद यसका आधारभूत मान्यता हुन् । हरेक वस्तुको जन्म र विकासका आधार र स्रोतहरु हुन्छन् । यो विज्ञानको सार्वभौम नियम हो । माक्र्सवादका जन्मका पनि निश्चित वैज्ञानिक आधार र स्रोतहरु रहेका छन्, जो निम्न प्रकार छन्–

(१) सामाजिक – आर्थिक स्रोत

मानव समाजको विकासको क्रममा जब उन्नाइसौं शताब्दीको चौथो दशकसम्म आइपुग्दा सामन्तवादका विरुद्ध युरोपका इंगल्याण्ड, फ्रान्सलगायतका देशहरूमा पुँजीवादी क्रान्तिहरु सम्पन्न हुँदै गए । त्यसले नयाँ उत्पादक शक्तिको तीव्र विकास भएर गयो । त्यही अबधिमा ती देशहरूमा औद्योगिक क्रान्तिहरु भए । त्यसै क्रममा मानव समाजमा पुँजीपतिवर्ग र सर्वहारावर्गका बीचमा वर्गसंघर्ष चर्कदै जान थाल्यो । पुँजीपति (मालिक) वर्गका विरुद्धको संघर्षमा विश्वसर्वहारावर्ग इतिहासको सबैभन्दा प्रगतिशील र क्रान्तिकारी वर्गको रुपमा विकसित हुँदै गयो । त्यस अबधिमा कलकारखानामा कार्यरत मजदुर वर्गले आफ्नो हकहित र अधिकार प्राप्तिका लागि ठूला–ठूला आन्दोलन र संघर्षका कार्यक्रमहरु अगाडि बढाउन थाल्यो । त्यसैक्रममा इङ्गल्याण्डमा सन् १८३८–१८४२ सम्म चार्टिष्ट आन्दोलन सञ्चालन गरियो । त्यस्तै सन् १८४४ मा इङ्गल्याण्डका मजदुरहरु लुडाइट (मेसिन तोडफोड) आन्दोलन सञ्चालन गरे । त्यही अबधिमा इङ्गल्यनण्ड, जर्मनी, अमेरिका, फ्रान्सलगायतका देशहरूमा ठूला ठूला मजदुर आन्दोलनहरु हुँदै गए इङ्गल्याण्डमा सञ्चालन भएका चार्टिष्ट आन्दोलन, मेसिन तोडफोड आन्दोलन आधुनिक युगमा मजदुर वर्गको आन्दोलन थियो । ती आन्दोलनले मजदुर वर्गलाई वर्गसचेत गराउँदै लग्यो । ठीक त्यही परिस्थितिमा मजदुर वर्गको मुक्ति, उद्देश्य र आन्दोलनका लागि एक सुसंगत एवम् वैज्ञानिक तथा क्रान्तिकारी विचारधाराको निर्माण एक ऐतिहासिक आवश्यकता बन्न गयो ।

२) प्रकृति विज्ञानका स्रोतहरु

समाज विकास क्रममा दास युग र विशेषगरी युरोपको पुनर्जागरण कालपश्चात् प्रकृति विज्ञानका क्षेत्रमा प्रशस्त नयाँ–नयाँ खोज र विकास हुँदै गयो । त्यही बखत ज्योतिषशास्त्र, गणित, भौतिक विज्ञान, यन्त्रशास्त्र, रसाइनविज्ञान, जीवविज्ञानलगायत प्रकृति विज्ञानका विविध क्षेत्रमा नयाँ नयाँ खोज र अन्वेषण हुँदै गए । विविध क्षेत्रमा आविस्कारक तथा अन्वेषकहरुको विकास हुँदै गयो । त्यसैक्रममा प्रकृति विज्ञानको क्षेत्रमा युक्लिडको ज्योति, टोलीको सौरमण्डलको सिद्धान्त, अरबहरुबाट दशमलव अंक पद्धति, प्रारम्भिक बिज गणितजस्ता चीजहरु प्राप्त हुँदै गए । युरोपेली पुनर्जागरण कालयता प्रकृति विज्ञानका क्षेत्रमा नयाँ चरणको थालनी भएको थियोे । त्यसै बेला कोपरनिकस, ग्यालिलियो, न्युटन जस्ता वैज्ञानिकहरुले खगोल विज्ञानको क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेका थिए ।

त्यस्तै प्रकृति विज्ञानका क्षेत्रमा तीन महत्वपूर्ण खोज, अन्वेषण भएका थिए । ती खोजमा भौतिक विज्ञानमा मायर उर्जाको संरक्षण तथा रुपान्तरणको सिद्धान्तमा जुल तथा कोल्डिङ्गको महत्वपूर्ण योगदान रह्यो । जीव रसायन विज्ञानमा श्वान्न तथा श्लेइडेनको जैवकोषिकाको सिद्धान्त र डार्विनको विकासवादको सिद्धान्त उल्लेखनीय रहेका छन् ।

माथि उल्लेख गरिएका ती सबै खोज, अन्वेषणको परिणाम प्रकृति तथा प्रकृति विज्ञानमा विद्यमान यान्त्रिक तथा अधिभूतवादी चिन्तनका विरुद्ध द्वन्द्ववादको स्थापना, प्रकृति विज्ञान द्वन्द्ववादी रहेको पुष्टि हुनु, प्रकृतिका अनेक प्रक्रियाहरुबारे परिकल्पित अन्तःसम्बन्धका ठाउँमा वास्तविक अन्तःसम्बन्धको स्थापना र भौतिकवादको पुष्टि हुन पुग्यो । त्यस परिस्थितिमा तथाकथित प्रकृति दर्शनको अन्त्य भई प्रकृति विज्ञानका विविध शाखाहरुले स्वतन्त्र विज्ञान बन्नका लागि वैज्ञानिक आधार तयार भयो ।

३) सैद्धान्तिक स्रोत

माक्र्सवादका सैद्धान्तिक स्रोत तीन प्रकारका रहेका छन्, ती हुन् ः शास्त्रीय जर्मन दर्शन, शास्त्रीय अंग्रेजी राजनीतिक अर्थशास्त्र र फ्रान्सेली समाजवाद ।

क) शास्त्रीय जर्मन दर्शन

उन्नाइसौं शताब्दीमा जर्मनीमा हेगेल र फायरवाखमा दर्शनले एउटा उत्कर्ष प्राप्त गरेको थियोे । हेगेलले द्वन्द्ववादको चरम रुपमा विकास गरेका थिए । हेगेलको द्वन्द्ववाद हेगेलकै विरुद्ध परिलक्षित थियो । हेगेलको निरपेक्ष विचार उनको आदर्शवादकै अभिव्यक्ति थियोे । त्यसैगरी त्यसबेला आदर्शवादका विरुद्ध फायरवाखको भौतिकवाद थियो तर त्यो यान्त्रिक र नैतिकताको मामिलामा आदर्शवादी थियोे ।

ख) शास्त्रीय बेलायती राजनीतिक अर्थशास्त्र

बेलायतमा राजनीतिक अर्थशास्त्रको नयाँ ढंगले विकास हुँदै गएको थियो । यस कार्यमा बेलायती अर्थशास्त्री आदम स्मिथ र डेविड रिकार्डोले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । ती अर्थशास्त्रीहरुले भनेका थिए कि “सबै सम्पत्ति र सबै मूल्यको स्रोत श्रम हो ।” त्यो उनीहरूको एक महत्वपूर्ण प्रस्थापना थियोे । त्यसले के प्रश्न खडा गरेको थियो भने मजदुरले आफ्नो श्रमबाट जुन मूल्यको सृष्टि गर्दछ, त्यसले पूरै प्राप्त नगरी किन पुँजीपतिवर्गलाई दिनु पर्दछ ? यस प्रकारको अन्तर्विरोध समाधान कसरी हुन सक्तछ ? उनीहरूले ती प्रश्नहरुको समाधान खोज्न सकेका थिएनन् ।

ग) फ्रान्सेली समाजवाद

सन १७८९ मा सम्पन्न फ्रान्सेली राज्य क्रान्ति अर्थात् फ्रान्सेली समाजवादले तत्कालीन विश्व मानव समाजमा कैयौ नयाँ–नयाँ विचारसहित अगाडि बढ्यो । यस सन्दर्भमा फ्रान्सका सेण्ट साइमन र चाल्र्स फुरिए तत इङ्गल्याण्डका रबर्ड ओवेनहरु प्रमुख विचारकहरु थिए । उनीहरू काल्पनिक समाजवादी थिए । उनीहरूले वर्गविहीन सुन्दर समाज निर्माण गर्ने कल्पना गरेका थिए । फ्रान्सेली समाजवाद स्वतन्त्रता, समानता र भ्रातृत्वको नारा दिएको थियो । तर त्यसबाट समाजमा वर्गीय शोषण र उत्पीडनको अन्त्य गर्ने लक्ष्य थिएन । समाजमा व्यापक पुँजीवादी शोषण व्याप्त थियो । ती काल्पनिक समाजवादी दार्शनिकहरुले तर्कबुद्धिवादका आधारमा एक सुन्दर, सामञ्जस्यपूर्ण र शोषणविहीन समाज स्थापना गर्ने कुराको अर्थात् समाजवाद र साम्यवादको आदर्श त प्रस्तुत गरेका थिए । तर, वास्तविक जीवनमा त्यस प्रकारको समाज कसरी स्थापना गर्न सकिन्छ ? त्यस विषयमा उनीहरूले ठोस वैज्ञानिक विचार र रुपरेखा प्रस्तुत गर्न सकेका थिएनन् । अर्थात् उनीहरूले समाज बदल्ने वर्गसंघर्षको सिद्धान्तलाई बुझ्न सकेका थिएनन् ।

माक्र्स र एंगेल्सले तिनका विचारहरुको अध्ययन गरेर तिनमा रहेका अवस्तुवादी काल्पनिक पक्षलाई हटाएर वैज्ञानिकता प्रदान गर्नु भयो । यो फ्रान्सेली राज्य क्रान्तिको अनुभव माक्र्सवादको निर्माणको निम्ति महत्वपूर्ण स्रोत बन्यो । यी सबै विषयको सही संश्लेषण र विज्ञानसम्मत रुपरेखा प्रस्तुत गर्न र स्पष्टीकरण अनिवार्य बन्न गएको थियो, त्यो आवश्यकता र अनिवार्यतालाई माक्र्सवादले मात्र पूरा ग¥यो ।

माक्र्सवादका तीन संघटक अंग

दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद माक्र्सवादका तीन संघटक अंग हुन् ।

क) दर्शनशास्त्र

माक्र्सवादको पहिलो संघटक अंग दर्शनशास्त्र हो । यसले प्रकृति, समाज र विचारधारात्मक विकासका अति सामान्य नियमहरुको अध्ययन गर्दछ । दर्शनका क्षेत्रमा सबैभन्दा पहिले विकास भएको शास्त्रीय जर्मन दर्शनका रुपमा जार्जी हेगेलले विकास गरेको द्वन्द्ववाद र लुडविक फायरवाखले विकास गरेको भौतिकवाद नै थिए । तत्कालीन समयमा देखा परेका ती दुबै दर्शनका मूल्यवान तथा सुसंगत विचार प्रणालीलाई आत्मसात गरेर माक्र्स र एंगेल्सले द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शनको विकास गर्नु भयो, जो विश्व सर्वहारावर्गको विश्वदृष्टिकोण बन्यो । दर्शनशास्त्र प्रकृति, समाज र चिन्तनका गतिका सामान्य नियमहरुको अध्ययन गर्ने विज्ञान भएकोले यसलाई माक्र्सले नितान्त नयाँ ढंगले विकसित तुल्याउनु भएको छ ।

ख) राजनीतिक अर्थशास्त्र

माक्र्सवादको दोस्रो संघटक अंग राजनीतिक अर्थशास्त्र हो । राजनीतिक अर्थशास्त्र उत्पादन सम्बन्धहरुको अध्ययन गर्ने विज्ञान हो । यसले समाजका उत्पादक शक्ति र उत्पादन सम्बन्धमा रहेका वर्गहरुबीचको आपसी सम्बन्ध र तिनीहरूका बीचमा उत्पन्न हुने संघर्षका नियमहरुको अध्ययन गर्दछ । बेलायती अर्थशास्त्री एडम स्मिथ र डेविड रिकार्डोले अगाडि सारेका मूल्यका श्रम सिद्धान्तका आधारमा माक्र्सले अतिरिक्त मूल्यको सिद्धान्तको रुपमा नयाँ सिद्धान्तलाई विकसित तुल्याउनु भयो । पुँजीवादी अर्थशास्त्रीहरुले राजनीतिक अर्थशास्त्रलाई वस्तुहरुको आपसी सम्बन्धको अध्ययन गर्ने विज्ञानका रुपमा लिएका थिए, तर त्यसको उल्टो माक्र्सले मानिसहरुको पारस्परिक सम्बन्धको अध्ययन गर्ने विज्ञानका रुपमा राजनीतिक अर्थशास्त्रलाई स्थापित गर्नु भयो र मूल्यको श्रम सिद्धान्तलाई माक्र्सले नयाँ व्याख्या, परिष्कार र अतिरिक्त मूल्यको सिद्धान्तको खोजका आधारमा समृद्ध तुल्याउनु भयो ।

ग) वैज्ञानिक समाजवाद

माक्र्सवादको तेस्रो संघटक अंग वैज्ञानिक समाजवाद हो । माक्र्सभन्दा पूर्वका महान् विचारकहरु सेण्ट साइमन, रोबर्ट ओवेन, चाल्र्स फुरिए आदि काल्पनिक समाजवादीहरुले यस्तो समाज व्यवस्थाको परिकल्पना गरेका थिए, जहाँ मानिसले मानिसको शोषण गर्ने परिस्थिति नै उत्पन्न नहोस् । उनीहरूले व्यक्तिगत सम्पत्तिको आधार सामाजिक विकासको मूलतत्वको रुपमा रहेको वर्गसंघर्ष हो र यसको अन्त्य पनि वर्गसंघर्षद्वारा नै हुन्छ भन्ने कुरा बुझ्न सकेका थिएनन् । तर, वैज्ञानिक समाजवाद एक यस्तो सामाजिक तथा वैचारिक व्यवस्था हो, जुन वर्गसंघर्ष, इतिहासमा बल प्रयोगको भूमिका सर्वहारावर्गको अधिनायकत्व र वर्गहरुको विलोपको सिद्धान्तमा आधारित रहेको हुन्छ भन्ने कुरा माक्र्स – एंगेल्सले स्थापित गर्नु भयो । साथै माक्र्स–एंगेल्सले काल्पनिक समाजवादका विरुद्ध वैचारिक संघर्ष चलाउँदै वैज्ञानिक समाजवादको विज्ञानलाई स्थापित गर्नु भयो । यसरी उत्पादन संघर्ष, वर्गसंघर्ष र वैज्ञानिक प्रयोगका बीचबाट माक्र्सवादको जन्म भएको हो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद माक्र्सवादी दर्शन हो र यो नै सर्वहारावर्गको विश्वदृष्टिकोण हो । माक्र्सवाद र माक्र्सवादी दर्शन विश्व सर्वहारावर्गको मुक्तिको सैद्धान्तिक हतियार हो ।

माक्र्स – एंगेल्सद्वारा माक्र्सवादको प्रतिपादन भएको यस १७३ वर्षको लामो तथा ऐतिहासिक अबधिमा यस धर्तीमा ठूलो उथलपुथल र परिवर्तन भइरहेको छ । यस बीचमा माक्र्सवाद – लेनिन रवादको आलोकमा र पथप्रदर्शनमा सन १८७१ मा महान् पेरिस कम्युनको स्थापना भयो । त्यो विश्व सर्वहारा वर्गले पहिलो पटक विद्रोह गरेको एक ऐतिहासिक परिघटना थियोे । त्यस्तै, सन् १९१७ अक्टोबर २५ (नोभेम्बर ७) महान् रुसी अक्टोबर समाजवादी क्रान्ति सम्पन्न भएको थियोे । महान् अक्टोबर क्रान्तिकारी अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा एक ऐतिहासिक परिघटना थियो र विश्वमा विश्व सर्वहारावर्गले पहिलो पटक आफ्नो अधिनायकत्व स्थापना गरेको थियो । साथै सन १९४९ अक्टोबर १ का दिन महान् चिनियाँ नयाँ जनवादी क्रान्ति सम्पन्न भयो र भियतनाम, कोरिया, कम्वोडिया, क्युवा आदि देशहरूमा जनवादी तथा समाजवादी क्रान्तिहरु सम्पन्न भए । यद्यपि रुस, चीनलगायतका देशहरुमा प्रतिक्रान्ति भएर पुँजीवादको पुनस्र्थापना भएको भए पनि विश्व सर्वहारा क्रान्ति जारी छ र माक्र्सवादको महत्व, आवश्यकता र औचित्य अरु बढेर गएको छ । किनभने आजको साम्राज्यवाद र सर्वहारावर्गबीचको भीषण संघर्षको युग हो । आज माक्र्सवादले पहिलोमा माक्र्सवादको विकास गरेछ भने माक्र्सवादको गुणात्मक विकासको दोस्रो चरणमा लेनिनवादको विकास भएको छ र माक्र्सवाद–लेनिनवादको गुणात्मक विकासको तेस्रो र नयाँ चरणमा माओवादको विकास भएको छ ।

 यसरी आज अन्तर्राष्ट्रिय सर्वहारावर्गको हातमा एउटा सार्वभौम सिद्धान्तको सिंगो अभेद्य इकाईका रुपमा माक्र्सवाद–लेनिनवाद–माओवाद रहेको छ । माओवादलाई आजको विश्वको माक्र्सवाद–लेनिनवादको रुपमा ग्रहण नगरी कोही पनि सच्चा कम्युनिस्ट बन्न सक्तैन । आज माक्र्सवाद – लेनिनवाद – माओवादको आलोकमा र पथप्रदर्शनमा भारतमा भारतीय कम्युनिस्ट पार्टी (माओवादी) सशस्त्र जनयुद्ध सञ्चालन गरिरहेको छ । त्यस्तै नेपालमा पनि नेकपा (क्रान्तिकारी माओवादी) सशस्त्र जनविद्रोहको तयारी गरिरहेको छ भने फिलिपिन्स, अफगानिस्तान, टर्की, भेनेजुयला, फ्रान्स, बेल्जियम, नेदरल्यान्ड, जर्मनी, पेरुलगायतका देशहरूले सशस्त्र जनयुद्ध सञ्चालन गर्ने तयारी गरिरहेका छन् । यसर्थ आज मालेमावादको आवश्यकता, महत्व र अपरिहार्यता अरु बढेर गएको छ । संसारलाई बदल्ने अचूक वैज्ञानिक हतियार मालेमावादभन्दा अर्को अस्त्र छैन ।

(लेखकः अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन् ।)

प्रतिक्रियाहरु