‘प्रेमगञ्ज’मा बेनिशा हमालको अभिनय पक्का

२०७७ चैत्र २१ गते, शनिबार


काठमाडौं । अभिनेत्री बेनिशा हमालको अभिनय फिल्म ‘प्रेमगञ्ज’मा पनि रहने भएको छ । निर्माण युनिटले उनलाई मुख्य अभिनेत्रीको रुपमा हालै अनुबन्धित गरेको हो । चलचित्र चौतारीको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रका लागि केही कलाकार अडिसनबाट पनि छनोट भैसकेका थिए । चलचित्रमा कलाकार तेज गिरी र नायिका बेनिशा हमालले काम गर्ने पक्का भएको निर्माणपक्षले बताएको छ । परिच्छेद सेनको निर्देशनमा तयार हुने चलचित्रलाई त्रिकोणात्मक प्रेम कथामा निर्माण गरिनेछ । सेन विगत १५ बर्षदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय रुपमा लागिरहेका छन् । डेब्यु ब्वाइ तेज गिरीसँग बेनिशाले अनस्क्रिन रोमान्स गर्ने पक्का भएको छ । सञ्जय लामाले खिच्ने यो फिल्म लभस्टोरी हो । फिल्ममा सुप्रिया खनाल, राइडर प्रशान्त, सिम्रन खड्का, आयुषी ढकाल लगायतको अभिनय हुनेछ ।
फिल्मको छायांकन काठमाडौं, जिरी र काभ्रेमा हुने जनाइएको छ । २५ वर्षदेखि प्राविधिकको रुपमा कार्य गरेका राजु फुयाँल यसका निर्माता हुन् । बैशाख १ गतेदेखि छायांकन हुने निर्देशक सेनले जानकारी दिए । उनका अनुसार आउने भ्यालेन्टाइन्स डेमा फिल्म रिलिज हुनेछ ।

प्रतिक्रियाहरु