‘राज्यले सहिद तथा वेपत्ता परिवारको अवमुल्यन गर्यो ‘

२०७७ चैत्र १९ गते, बिहीबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले सहिद तथा वेपत्ता परिवारको सपना अझै पूरा नभएको बरु राज्यले यसलाई अवमुल्यन गरेको ठोकुवा गरेका छन । बुधबार नेपालगन्जमा आयोजित ‘सहिद तथा वेपत्ता नागरिक र राज्यको दायित्व विषयक’ अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता बास्तोलाले सो ठोकुवा गरेका हुन् ।सो कार्यक्रमका प्रमुख अतिथि रहेका नेता बास्तोलाले महान सहिद तथा वेपत्ताहरुको त्याग बलिदान सर्मपण निकै माथि रहेको भन्दै राज्यले सहिद वेपत्तायोद्धाहरुको अवमूल्यन गर्नुको अर्थ उहाँहरुका परिवाजनमाथि अपमान र सिङ्गो परिवर्तन माथि धोका भएको बताए ।
नेता बास्तोलाले अहिलेको व्यवस्थाबाट देशको स्वाभिमान र आत्मनिर्भर गुमेकोले देशमा मानविय अन्यायपूर्ण संकट देखि प्राकृतिक संकट उत्पन्न भई लुटखसोट मच्चिएकोबेला यसलाई वर्तमान पुँजीवादी राज्यसत्ताले झन प्रोत्साहन र तिब्रता दिएको बताए । बैज्ञानिक समाजवादी व्यवस्थामा मात्र सबैखाले समस्याहरुको समाधान हुने भन्दै बास्तोलाले अबको देशको विकल्प आफ्नो पार्टीले अघि सारेको वैज्ञानिक समाजवादी व्यवस्था मात्र भएको बताए । यसको बिषयमा नेता बास्तोलाले आँफुहरुले जनमत संग्रहमार्फन जनताको विचबाटै छिनोफानो गर्न चाहेको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सरकार नेकपाबीच हालै भएको वार्ता टोलीका सदस्य उदयबहादुर चलाउने ‘दिपक’ले सरकार र नेकपाबीच भएको बार्ता लगायतका बिषयमा प्रस्ट पारेका थिए । कार्यक्रममा सहिद तथा वेपत्ता योद्धाहरुको तर्फबाट नेकपाकी केन्द्रीय सदस्य तथा सहित तथा वेपत्ता परिवार समाज नेपालका फ्रयाक्सन इन्चार्ज सावित्रा दुरा‘आस्था’ले कार्यपत्र प्रस्तुत गरेकी थिइन ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा भेरी–कर्णाली ब्युरो इन्चार्ज एटम बिसी, केन्द्रीय सदस्य एवं सहिद तथा वेपत्ता परिवार समाज नेपालका फ्रयाक्सन इन्चार्ज सावित्रा दुरा ‘आस्था’, कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावत, नेपाली काँग्रेसका केन्द्रीय महाधिवेशन प्रतिनिधि मिना सिग्देल, राष्ट्रिय मानव अधिकार आयोगका दयाराम पाठक, इन्सेकका भोला महत, सहिद तथा बेपत्ता परिवारहरु, विभिन्न राजनीतिक दलसँग आबद्ध ब्यक्तित्वहरु, वुद्धिजिवि, समाजसेवी, पत्रकार र विद्यार्थीहरुको सहभागीता रहेको थियो ।
वेपत्ता योद्धा परिवार समाज, नेपालका अध्यक्ष राम बहादुर थापाको सभापतित्वमा भएको कार्यक्रमको सन्चालन जनक्रान्तिका महान सहिद परिवार संगठन, नेपालका केन्द्रीय अध्यक्ष खुमा सुवेदीले गरेकी थिइन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु