चीनद्वारा म्यानमारका सैनिक नेतामाथि प्रतिबन्ध लागउने प्रस्ताव अस्वीकार

२०७७ चैत्र १९ गते, बिहीबार


काठमाडौं । म्यानमारका सैनिक नेतामाथि प्रतिबन्ध लागउने प्रस्तावलाई चीनले अस्वीकार गरेकव छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठकमा पेश भएको म्यानमारका सैनिक नेतामाथि प्रतिबन्ध लागउने प्रस्ताव चीनले अस्वीकार गरेको हो । राष्ट्रसंघका लागि चिनियँ दूतले म्यानमारका सैनिक नेतामाथि प्रतिबन्ध लगाउँदा झनै तनाव बढ्ने भन्दै प्रस्ताव अस्वीकार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । म्यानमारमा जारी कूविरुद्धको प्रदर्शनमा सेनाले गरेको दमनका कारण रक्तपात तथा सम्भावित गृहयुद्धको खतरा बढेको भन्दै म्यान्मारका लागि राष्ट्रसंघकी विशेष दूतले आवश्यक कदम चाल्न सुरक्षा परिषद्‌लाई आग्रह गरेकी थिइन् । गत शनिवार एकै दिन सय जनाभन्दा बढी प्रदर्शनकारी मारिएपछि सुरक्षा परिषद्‌को आपतकालीन बैठक बोलाइएको थियो ।
हालसम्म म्यानमारमा सैन्य कू विरुद्धको प्रदर्शनमा उत्रिएका ५ सय भन्दा बढी प्रदर्शनकारीको मृत्यु भइसकेको छ । सैन्य कूको विरोधमा विश्वभरिबाट म्यान्मारको सेनाको चर्को आलोचना हुँदै आएको छ । – एजेन्सी

प्रतिक्रियाहरु