काठमाण्डौंमा वायु प्रदूषण: विश्वकै पहिलो नम्बरमा

२०७७ चैत्र १८ गते, बुधबार


काठमाण्डौं। काठमाण्डौंअहिलेको वायु प्रदूषणको अवस्था विश्वकै पहिलो नम्बरमा रहेको छ । काठमाण्डौको अहिलेको वायु प्रदूषण मापन गर्ने एक्यूआई दुइ सय २१ रहेको देखिन्छ । काठमाण्डौको भैंसेपाटी, रत्नपार्कलगायत क्षेत्रमा सबैभन्दा धेरै वायु प्रदूषण देखिएको छ । केही दिनअघि काठमाण्डौको एक्यूआई चार सय ७० भन्दा माथि पुगेको थियो । एक्यूआई २ सयभन्दा माथिको अवस्थालाई उच्च हानिकारक मानिन्छ । काठमाण्डौसहित देशका अरु विभिन्न ठाउँमा वायु प्रदूषण अझै कायमै रहेको छ । सौराहा, हेटौंडालगायत ठाउँमा पनि अहिले वायु प्रदूषण उच्च हानिकारक अवस्थामा पुगेको जनाइएको छ । देशमा वायू प्रदूषण भएसँगै शुक्रबारसम्मका लागि देशभरका विद्यालय बन्द गरिएको छ ।
यसैबीच, नेपालको वायुमण्डलमा बुधबार केही सुधारका साथ काठमाडौंलगायतका उपत्यकासहित केही ठाउँमा ‘भिजिबिलिटी’ बढे पनि तुवाँलो झन् बढ्ने खतरा रहेको मौसमविद्हरुले बताएका छन् । मौसमविद्हरुका अनुसार बुधबार देशभर मौसममका केही सुधार देखिए पनि भारतको दिल्लीबाट धुलो मिसिएको हावा नेपाल प्रवेश गरेकाले थप असर पर्नेछ । भारतबाट प्रवेश गरेको धुलो मिसिएको हावा देशको पश्चिमी र पूर्वी क्षेत्रमा देखिएको र बिहीबारफेरि देशभर तुवाँलो बढ्ने सम्भावना रहेको मौसमविद्हरुले बताएका छन् । बुधबार भिजिबिलिटी बढेसँगै हवाई उडान–अवतरणमा सहज भएको तर, बिहीबार वायुमण्डल पूरानै अवस्थामा फर्किने सम्भावना रहेको मौसमविद्हरुले बताएका छन् ।
अहिले पूर्वमा इलाम र रौतहटसम्म तुवाँलो बढिरहेको छ । बिस्तारै फैलिँदै गएको तुवाँलो देशका अरु ठाउँमा पनि सर्दै जाने र यसको असर बिहीबार देखिने मौसमविद्हरुको भनाइ छ । पानी परे वा हावा चले प्रदूषण हट्ने भए पनि शनिबारसम्म पानी पर्ने सम्भावना नरहेको मौसविद बताउछन् । तल्लो वायुमण्डल र जमिनको सतह नजिक फेरि धुलोसहित प्रदूषण थुप्रिने सम्भावना तीन दिनसम्म रहेको मौसविद्ले बताएका छन् । बुधबार प्रदेश १, वाग्मती र गण्डकी तथा लुम्बिनी प्रदेशका केही ठाउँमा फाट्टफुट्ट पानी पर्ने सम्भावना रहेको मौसमविद्हरुले बताएका छन् ।

प्रतिक्रियाहरु