ने.क.पा. र क्रान्तिकारी माओवादीबीच एकता र धुव्रिकरणका विषयमा छलफल

२०७७ चैत्र १८ गते, बुधबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी र नेकपा (क्रान्तिकारी माओवादी)को कार्यदलको बैठक मगलबार पुन: बसेको छ । मंगलबार बसेको सो बैठकमा नेपाल कम्युनिस्ट पार्टीको तर्फवाट प्रवक्ता प्रकाण्ड र मिलन ,नेकपा (क्रान्तिकारी माओवादी)को तर्फवाट स्थायी समिति सदस्य गौरब र बसन्त सहभागी भएको बताइएको छ। सो बैठकको एजेण्डामा कम्युनिस्ट पार्टीको एकीकरण एबम् ध्रुविकरण र रणनैतिक संयुक्त मोर्चा रहेको थियो। यी दुई एजेन्डा मध्ये आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी र नेकपा (क्रान्तिकारी माओवादी ) बीच एकता र धुव्रिकरणका विषयमा छलफल भएको बताइएको छ ।
दुई पार्टीबीचको सो बैठकमा कम्युनिस्ट आन्दोलनका कार्यभार, दुवै पार्टीले अङ्गीकार गरिरहेका सैद्धान्तिक, वैचारिक, राजनीतिक र सङ्गठनसँग सम्बन्धित धेरै विषयमा निकटता देखिएको र कतिपय विषयमा साझा बुझाइसहितको समझदारीसमेत कायम भएको तथा दुई पार्टीबीचको एकता र सहकार्यलाई अगाडि बढाउन महत्वपूर्ण छलफल भएको र यी विषयमा कतिपय सैद्धान्तिक र राजनीतिक विषयमा दुवै पार्टीका प्रमुखसहित छलफल गरी ठोस सहमतिमा पुग्ने समझदारी समेत भएको बताइएको छ । बैठकमा संयुक्त रणनीतिक मोर्चाबारे मोर्चाको अवधारणा र सङ्गठनात्मक संरचना एवम् नेतृत्व प्रणालीलाई विकास गर्दै नयाँ उचाइमा क्रियाशील बनाउने सहमति समेत भएको छ ।
बैठकमा नेपाल कम्युनिस्ट पार्टीले आठौँ महाधिवेशनबाट अघि सारेको विचार, नीति, कार्यदिशा र कार्यक्रम सम्बन्धमा नेकपा (क्रान्तिकारी माओवादी) का तर्फबाट राखिएका जिज्ञासाबारे स्पष्ट पार्दै प्रवक्ता प्रकाण्डले क्रान्तिकारी आन्दोलनको विकास र नयाँ पहलकदमीका लागि एकता र ध्रुवीकरणको आवश्यकताबारे आफ्नो धारणा राखेको बताइएको छ ।

प्रतिक्रियाहरु