महजोडीलाई ‘महामुर्ख’ सम्मान

२०७७ चैत्र १६ गते, सोमबार


काठमाडौं । यस वर्षको महामुर्ख उपाधि मह जोडीलाई प्रदान गरिएको छ । होली पर्वको अवसरमा मिथिला नाट्य कला परिषदद्वारा आयोजना गरिएको सम्मेलनमा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई महामुर्खको उपाधि प्रदान गरिएको हो । हरेक वर्ष आयोजना गरिने महामुर्ख सम्मेलनमा राजनीतिक छविका व्यक्तित्वलाई यो उपाधि प्रदान गरिने भए पनि यस वर्ष मह जोडीलाई उपाधि दिइएको हो ।
कार्यक्रममा मदन कृष्ण श्रेष्ठले कला क्षेत्रमा दर्जनौ उपाधि पाए पनि महामुर्खको उपाधि भने ऐतिहासिक रहेको बताए । हरिबंश आचार्यले भने हसाँउने कामलाई निरन्तरता दिने आफू मुर्ख रहेको बताए ।
यसैगरी , यस वर्षको पटमुर्खको उपाधि भने प्रदेश २ का भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनललाई दिइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

ऊ अर्थात ढाँट बहादुर

२०७७ चैत्र ३० गते, सोमबार

तिमीले सोच्नै पर्छ !

२०७७ चैत्र ९ गते, सोमबार

फालिदेऊ

२०७७ चैत्र ५ गते, बिहीबार

प्रतिगमन

२०७७ चैत्र १ गते, आईतवार