चिनियाँ अनुदानको कोरोनाविरुद्धको ‘भेरासेल’ खोप काठमाडौं आइपुग्याे

२०७७ चैत्र १६ गते, सोमबार


काठमाडौं । चिनियाँ अनुदानको आठ लाख डोज कोभिडविरुद्धको खोप आज काठमाडौंमा आइपुगेको छ । चिनियाँ अनुदानको कोरोनाविरुद्धको ‘भेरासेल’ खोप काठमाडौं आईपुगेको हो । चीनको सिनोभ्याक बायोटेकले उत्पादन गरेको खोप २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिन्छ । चीनले नेपाललाई दिएको खोप चीनको राजधानी बेइजिङ हुदै काठमाडौं ल्याइएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार चीनबाट आठ लाख डोज खोप लिन नेपाल वायुसेवा निगमको वाइडबडी जहाज आइतबार चीनको राजधानी बेइजिङ पठाइएको थियो । दुई मात्रा लगाउनुपर्ने चीनको सिनोभ्याक बायोटेकले उत्पादन गरेको उक्त खोपलाई नेपाल ल्याइए पनि प्रयोगमा ल्याउन भने केही दिन लाग्नसक्ने बताइएको छ ।
विश्व स्वास्थ्य सङ्गठनले चीनको उक्त खोपलाई आकस्मिक प्रयोगका लागि अनुमति दिने अन्तिम तयारीमा रहेकाले उसको निर्णयपछि मात्र खोप लगाउन सुरु गरिनेछ । यद्यपि नेपालले उक्त खोपलाई आकस्मिक प्रयोगका लागि अनुमति दिइसकेको छ । नेपालले प्राप्त गर्ने उक्त खोप चार लाख जनालाई लगाउन पुग्नेछ ।
यसअघि भारतले नेपाललाई अनुदानमा दिएको र भारतकै सीरम इन्स्टिट्यूट अफ इन्डियाबाट खरिद गरिएको कोभ्याक्स सुविधा अन्तर्गतको खोप नेपालले प्राप्त गरिसकेको छ । सीरम इन्स्टिट्यूट अफ इन्डियासँग नेपालले किन्न सम्झौता गरेको १० लाख मात्रा खोप भने अझै आउन बाँकी छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार