वायु प्रदूषण उच्च: सतर्क रहन आग्रह

२०७७ चैत्र १५ गते, आईतवार

काठमाडाैँ । वन तथा वातावरण मन्त्रालय अन्तरगतकाे वातावरण विभागका अनुसार हाल नेपाल वायु प्रदूषणमा हानिकारक अर्थात् खतरापूर्ण अवस्थामा छ । यस अवस्थाबाट तल झर्न अझै केही दिन लाग्ने विभागले जनाएको छ । शुक्रबार विश्वकै सबैभन्दा धेरैे प्रदूषित शहरकाे रूपमा काठमाडाैँ अगाडि देखिएकाे थियाे । याे क्रम शनिबार पनि दाेहाेरियाे । अझै केही दिन यस्तै अवस्था रहेर क्रमश मौसम पहिलेकै अवस्थामा फर्कन समय लाग्ने विभागले जनाएको छ । भोलिसम्म प्रदूषणको अवस्था हिजोको जस्तै अवस्थामा रहने र पर्सिदेखि भने केही सुधारको सम्भावना रहेको माैसम विज्ञहरुले बताएका छन् ।
यस्तै, आज दिउँसोपछि पहाडी क्षेत्रका एक-दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित फाट्टफुट्ट पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले नेपालमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ तर उक्त शुष्क भएकाले वर्षा गराउन सकेकाे छैन ।
मुलुककै सबैभन्दा बढी वायु प्रदूषण काठमाडौँ शहरमा देखिएको छ । शुक्रबार र शनिबार काठमाडौँ विश्वकै प्रदूषित शहरहरुमध्ये १ नम्बरमा देखिएको थियो । वायुको गुणस्तरबारे इन्डेक्स अपडेट गरिरहने साइट आइक्यु एयर डट कमका अनुसार अहिले आइतबार बिहान पनि काठमाडौँ विश्वकै दोस्रो प्रदूषित शहरकाे रूपमा रहेको छ । हाल सबैभन्दा बढी वायु प्रदूषण चीनको राजधानी बेइजिङमा देखिएको छ । बेइजिङ वायुकाे गुणस्तरमा १८२४ इन्डेक्सका साथ पहिलो प्रदूषित शहरको रुपमा रहेको छ भने काठमाडौँ २४५ इन्डेक्ससहित विश्वकै दोस्रो बढी प्रदूषित शहरको रुपमा रहेको छ । यद्यपि यो इन्डेक्स दिउँसोसम्म घटबट भइसक्नेछ ।
अहिले नेपालमा देखिएाके वायु प्रदूषणले विशेषतः मानिसको फोक्सो, स्वास-प्रस्वास र आँखामा असर गर्छ । यसले सङ्क्रमण समेत फैलाउने चिकित्सकहरू बताउँछन् । नाक सुख्खा हुने, रूघा-खाेकी लाग्ने, आँखा पाेल्ने लगायत समस्या देखिन सक्छ । त्यसबाट बच्न विभिन्न उपायहरू अवलम्बन गर्न चिकित्सकहरूले सुझाव दिएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु