म्यानमार घटनाले वाशिङ्टन त्रस्त !

२०७७ चैत्र १५ गते, आईतवार


काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले म्यानमारमा भएको शनिवारको मृत्युले वाशिङ्टन त्रस्त भएको बताउनुभएको छ । शनिवार म्यानमारमा सैनिक दमनमा कू पछिकै सबैभन्दा बढी एकै दिन झण्डै १ सय जना मारिएको घटनाले अमेरिकालाई नै त्रस्त बनाएको उहाँको टिप्पणी छ । यो घटनाले सैन्य शासकहरू केही सिमित मानिसको फाइदाका लागि नागरिकको ज्यान लिन पछि नपर्ने पुष्टि गरेको तर यहाँका साहसी नागरिकले सैनिक शासन अस्वीकार गरेको ब्लिङ्कनको भनाइ छ ।
यसैगरी, संयुक्त राष्ट्र सङ्घीय महासचिव एन्टोनियो गुटेरेसले पनि आफूलाई घटनाले स्तब्ध बनाएको बताएका छन । – एजेन्सी

प्रतिक्रियाहरु