वायु प्रदूषणका कारण विमानस्थल ठप्प

२०७७ चैत्र १४ गते, शनिबार

काठमाडौं । त्रिभूवन विमानस्थलले वायु प्रदूषणका कारण आन्तरिक तथा बाह्य उडान एवम् अवतरण प्रभावित भएको जनाएको छ । प्रदूषण बढेर कम भिजिबिलिटी भएका कारण शनिबार हुने सबै उडान तथा अवतरण प्रभावित भएको विमानस्थलले जनाएको छ । विमानस्थल टावर कन्ट्रोलका अनुसार उडानको लागि कम्तीमा १६ सय मिटर भिजिबिलिटी हुनु पर्ने भए पनि एक हजार मिटर मात्रै हुँदा शनिबार बिहानैदेखि उडान प्रभावित भएको छ ।
सामान्य अवस्थामा बिहान ६ बजेदेखि नै उडान तथा अवरण हुने गरेका थिए, भने शनिबार विमानस्थल ठप्प छ। कुन समयमा उडान अवतरण सुरु हुन्छ भन्ने कुरा अहिले नै भन्न नसकिने तर भिजिबिलिटी निगरानी गरिरहेको विमास्थलका अधिकारीहरु बताउछन् । शुक्रबार दिउँसोदेखि काठमाडौँको वायुमा धुँवा मिसिँदा धुम्मिएको छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

वैशाख ११ गते धरहराको उद्घाटन !

२०७८ बैशाख १ गते, बुधबार

पशुपतिमा बज्रेश्वरी जात्रा

२०७७ चैत्र ३० गते, सोमबार

बिस्का (बिस्केट) जात्रा शुरु

२०७७ चैत्र २८ गते, शनिबार