संसारको सबैभन्दा धनी गाउँ, हरेक परिवार करोडपति !

२०७७ चैत्र १२ गते, बिहीबार


काठमाडाैँ । चीनमा एउटा यस्तो गाउँ छ जहाँ हर परिवार करोडपति छन् । विदेशी सञ्चारमाध्यमका अनुसार सुपर भिलेज नाम गरेका गाउँका हर व्यक्तिको खातामा १ करोड ५० लाख भन्दा बढी रुपैयाँ छ । डेलीमेलका अनुसार यस गाउँका हर व्यक्तिसँग भव्य घर, लक्चरीयस गाडी छ । चीनको जियांगसु प्रान्तको वाक्शी गाउँ दुनियाँको सबैभन्दा धनी गाउँ हो । यो गाउँ सुपर भिलेजको नामले दुनियाँभर चिनिन्छ । यस गाउँमा हेलिकप्टर, ट्याक्सी र पार्क पनि छ । यस गाउँमा चम्किला सडक छन् । आकाशमा उडान भरिरहेका हेलिकप्टर देखिनु सामान्य मानिन्छ । यो गाउँ सधै धनी भने होइन । एक समय थियो यहाँका मानसिहरु एकदमै गरीब थिए । गाउँलाई प्रगतिको शिखरमा पुर्याउने श्रेय भने कम्युनिष्ट पार्टीका स्थानीय सेक्रेटरी बू रेनाबोलाई जान्छ ।
रेनाबोले यो गाउँको विकासको खाका कोरेका हुन् । उनले कम्पनीको गठन गरेर सामूहिक खेतीको अवधारण ल्याएका थिए ।अहिले यो गाउँ करोड डलरको कारोबार गर्ने कम्पनीमा गनिन्छ । जहाँ स्टिल र सिपिगं कम्पनीहरु छन् । गाउँका सबै घर एकै डिजाइनका छन् । धेरै कोठाहरु छन् । देख्नमा यी घर कुनै होटल भन्दा कम छैनन् । २०११ मा गाउँका मानिसले यस गाउँको ५० औं वर्षगाँठ एक अग्लो गगनचुम्बी भवन बनाएर मनाएका थिए । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु