ने.क.पा.का महासचिव विप्लव , प्रवक्ता प्रकाण्ड र गृहमन्त्री बादलबीच भेटवार्ता

२०७७ चैत्र १० गते, मंगलवार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव , प्रवक्ता प्रकाण्ड र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ बीच गृहमन्त्रीको सरकारी निवास पुल्चोकमा भेटवार्ता भएको छ । भेटमा सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको तीन बुंदे सहमतिको कार्यान्वयनका साथै जेलमा रहेका नेकपाका नेता – कार्यकर्ताको रिहाईको सन्धर्भमा भएको कार्यप्रगतिको बारेमा छलफल भएको बुझिएको छ। यसैगरी , सो भेटमा देशको समग्र परिस्थितिको बारेमा छलफल हुनुको साथै बर्तमान संकटको निकास जनचाहना अनुसार अग्रगामी ढंगले कसरी गर्न सकिन्छ भन्ने बिषयमा समेत गहन छलफल भएको बुझिएको छ। राष्ट्रिय राजनीति संकटमा परिरहेको परिस्थितिमा राष्ट्र र जनहितको पक्षमा समाधान खोज्नुपर्ने बिषयमा ने.क.पा.का महासचिव विप्लव , प्रवक्ता प्रकाण्ड र गृहमन्त्री बादल सहमत भएको बुझिएको छ।


यसैबीच , आजै ने.क.पा.का महासचिव विप्लव , प्रवक्ता प्रकाण्डले  खानेपानी तथा सरसफाइ मन्त्री मणि थापासंग समेत भेटवार्ता गरेको बताइएको छ।

प्रतिक्रियाहरु