ने.क.पा.का महासचिव विप्लव , प्रवक्ता प्रकाण्ड र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

२०७७ चैत्र ९ गते, सोमबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव र प्रवक्ता प्रकाण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार भेटवार्ता भएको छ । भेटमा पछिल्लो राजनीतिक अवस्थाको बारेमा छलफलका साथै सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको तीन बुंदे सहमतिले दिएको संदेशको बिषयमा समेत छलफल भएको बताइएको छ। यसैगरी , सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको तीन बुंदे सहमति कार्यान्वनको बिषयमा छलफल भएको बताइएको छ। उक्त छलफलले देशको राजनीतिमा आशलाग्दो स्थिति बनेको बताइएको छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु