विराट गोल्डकप चैत २६ देखि

२०७७ चैत्र ६ गते, शुक्रबार


काठमाडौँ । । ‘विराट गोल्डकप’ यही चैत २६ देखि आगामी वैशाख ४ गतेसम्म हुने भएको छ । विराट गोल्डकप फुटबल ट्रष्टद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उक्त प्रतियोगिता स्थानीय शहीद रङ्गशालामा फ्लडलाइट (रात्रिकालित बत्ती)का माध्यमबाट हुने आयोजक समितिका संयोजक मनोजविक्रम शाहले जानकारी दिए ।
छैटौँ संस्करणका रूपमा रहेको गोल्डकपमा नेपालका ‘ए’ डिभिजनसहित अफ्रिकन क्यामरुन र भारतका टोली सहभागी हुनेछन् । प्रतियोगितामा भारतको पञ्जाव पुलिस, झारखण्डको टाटा एकेडेमी, क्यामरुनको अफ्रिकन रुट्स एशोसिएशन टोली पहिलोपटक सहभागी हुँदैछन् भने नेपालका मनाङ मस्र्याङ्दी, सशस्त्र प्रहरी, नेपाल पुसिल क्लब, सङ्कटा क्लब, राष्ट्रिय लिग विजेता टोली मच्छिन्द्र क्लब, गोर्खा ब्याइज, रुपन्देही र आयोजक विराटनगर–११ रहने ट्रष्टका अध्यक्ष सन्तोष बानियाँले बताए ।
गोल्डकप विजेता टोलीले रु १५ लाख १५ हजार र उपविजेता टोलीले रु सात लाख ५१ हजार नगद र आकर्षक शिल्ड प्राप्त गर्नेछन् । पाँचौँ संस्करण विजेताले रु १३ लाख पुरस्कार पाएको थियो भने उपविजेताले रु सात लाख प्राप्त गरेको थियो । प्रत्येक दिनको म्यान अफ द म्याच हुने खेलाडीलाई रु १५ हजार नगद रहेको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकलसहित पदक प्रदान गरिनेछ । प्रयोगिता राति ७ः०० बजेदेखि शुरू हुने तथा यसको टिकटदर रु दुई, तीन र चार सय रहेको छ । नेपाल सुपर लिगको खेलाडी अक्सनबाट छनोट हुदै
काठमाडौं । नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग ‘एनएसएल’को खेलाडी किनबेच अर्थात अक्सन आज हुँदैछ । प्रतियोगिताको आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्टले लिगको अक्सन काठमाडौंको एक होटलमा गर्न लागेको हो । अक्सनबाट सातवटा फ्रेन्चाइज टिमले ’ए’, ’बी’ र ’सी’ श्रेणीबाट खेलाडी छनोट गर्ने छन् ।
अक्सनमा कुल १ सय ५८ जना खेलाडीको सुचि एन्फाले सार्वजनिक गरेको छ । ए श्रेणीमा ३५, बी श्रेणीमा ६५ र सी श्रेणीमा ५८ जना खेलाडी समावेश छन् । प्रतियोगिता बैशाख ११ देखि २५ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । लिगमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसीले सहभागिता जनाउँदैछन् । प्रतियोगितामा सहभागी हुने ७ वटै टोलीले मार्की खेलाडी र प्रशिक्षक घोषणा गरिसकेका छन् । लिग राउण्ड रोबिनको आधारमा लिगमा कुल १९ खेल हुनेछन् ।

प्रतिक्रियाहरु