नेपाल सुपर लिगको खेलाडी अक्सनबाट छनोट हुदै

२०७७ चैत्र ६ गते, शुक्रबार


काठमाडौं । नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग ‘एनएसएल’को खेलाडी किनबेच अर्थात अक्सन आज हुँदैछ । प्रतियोगिताको आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्टले लिगको अक्सन काठमाडौंको एक होटलमा गर्न लागेको हो । अक्सनबाट सातवटा फ्रेन्चाइज टिमले ’ए’, ’बी’ र ’सी’ श्रेणीबाट खेलाडी छनोट गर्ने छन् ।
अक्सनमा कुल १ सय ५८ जना खेलाडीको सुचि एन्फाले सार्वजनिक गरेको छ । ए श्रेणीमा ३५, बी श्रेणीमा ६५ र सी श्रेणीमा ५८ जना खेलाडी समावेश छन् । प्रतियोगिता बैशाख ११ देखि २५ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । लिगमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसीले सहभागिता जनाउँदैछन् । प्रतियोगितामा सहभागी हुने ७ वटै टोलीले मार्की खेलाडी र प्रशिक्षक घोषणा गरिसकेका छन् । लिग राउण्ड रोबिनको आधारमा लिगमा कुल १९ खेल हुनेछन् ।

प्रतिक्रियाहरु